साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन टुक्रा कविता

गाँस, बास, कपास हारेको छु हिजैँ हारेको छु, आजैँ हारेको छु निश्चित छ भोलि पनि हार्दैछु बाँकी धेरै कुराहरु हार्नु छ हार्न अझै तयार छु हार्न बानी परेको छ

Nepal Telecom ad

महेन्द्र राई :

१. नेताजी
चप्पलदेखि बुटसम्म
बुटदेखि सुटसम्म
झुपडीदेखि महलसम्म
गाउँदेखि शहरसम्म
कसरी चिन्नु नेताजीलाई ?
कालो सिसाभित्र ।

२. लोकतन्त्र
बहिस्करणमा छ
इमान, निष्ठा र नैतिकता
किनबेचको साधन बनेको छ
पद, प्रतिष्ठा र जिम्मेवारी
निगाहाको पात्र भएको छ
त्याग, सङ्घर्ष र बलिदान
गुमनाम छ क्षमता र विज्ञता
व्यास्त छ, मस्त छ, दलाल चाकरीको राज ।

३. गरीबी
गाँस, बास, कपास हारेको छु
हिजैँ हारेको छु, आजैँ हारेको छु
निश्चित छ भोलि पनि हार्दैछु
बाँकी धेरै कुराहरु हार्नु छ
हार्न अझै तयार छु
हार्न बानी परेको छ ।

०००
गाईघाट, उदयपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार छोटा कविता

चार छोटा कविता

महेन्द्र राई
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x