साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार छोटा कविता

घाम पानी नमिलेको कसरी भनौँ राम्रै छन् फसलहरू बजार लिइसक्यो छिमेकीले सडेर जानेभो फेरि फालिदेऊ सडकतिर रमिते सरकार !!

Nepal Telecom ad

महेन्द्र राई :

१. भ्रष्टहरू

उसले आफूलाई राष्ट्रवादी कहलाउन खोज्छ
तर ऊसँग राष्ट्रियता हुँदैन,
देश प्रेम झल्काउन खोज्छ ऊ
तर ऊसँग देशभक्ति हुँदैन ।
हुन त ऊ
सवै देशमा हुन्छ,
तर उसको खास देश हुँदैन ।

२. सांसदहरू

भो यार छाडि देऊ
त्यस्ता कुराहरू
हाम्रो हातमा के पो छ र ?
ऊ घण्टी बजिसक्यो
ताली बजाउने बेला भयो
पारित गर्नु छ
जरुरी प्रस्ताव
आफ्नो खुट्टामा बञ्चरो…
लागौ त्यतैतिर ।

३. पुराना दलहरू

पुरानो शहरको गल्ली
रङ्गहिन घरहरू
फुलेका जुँगादाह्री
पिठ फर्केका सिपाइहरू ।

४. कृषकहरू
घाम पानी नमिलेको कसरी भनौँ
राम्रै छन् फसलहरू
बजार लिइसक्यो छिमेकीले
सडेर जानेभो फेरि
फालिदेऊ सडकतिर
रमिते सरकार !!

०००
गाईघाट, उदयपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन टुक्रा कविता

तीन टुक्रा कविता

महेन्द्र राई
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x