साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ व्यापारी

अर्थनीति, राजनीति, धर्मनीति, सर्मनीति, कुटनीति, भुतनीति आफ्नै हात भएसी तिती तिती जाइजा, मिठी मिठी आइज भएन त मालामल !

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

ऊ घरकै हो, आफ्नै घरको
देख्दा जे देखिन्छ तर अर्कै हो
ऊ आफूलाई सेवक हूँ भन्छ
वास्तवमा ऊ व्यापारी हो
उसको रुचि व्यापार,
पेसा व्यापार मान्दछ
ऊ त्यही हो अपार
ऊ कसैदेखि डर्दैन
घाटाको व्यापार गर्दैन ।

बुझेर बुझिनसक्नु
बुझाएर बुझाइ नसक्नु
यसको अमाप्य विस्तार
गनेरै नसकिने प्रकार
व्यापार सर्वव्यापक सर्वाधार !

हजार जिब्रे शेष नागले
व्याख्यान गर्न नसकेको यसको रूप
कसरी बुझाउन सक्छ उसले
सिर्फ् ऊ बुझ्छ तर बुझाउँदैन
बुझाओस् पनि कसरी ?

मात्र दुई जिब्रा छन् उसका
एउटा फड्कार्ने, अर्को लट्पट्याउने
फगत् त्यही भन्छ-
व्यापार उसको जीवन हो
प्रतिष्ठा र ईश्वर हो
त्यसैले ऊ व्यापारी हो ।

दालचामलदेखि आलु परौठासम्म
कपडा छोकडादेखि चपडासम्म
पानीदेखि कानीसम्म
नुनदेखि सुनसम्म
किरादेखि हिरासम्म
गाईदेखि माईसम्म
नैतिकतादेखि नागरिकतासम्म
हिसाबदेखि निसाफसम्म
जागरुकदेखि नागरिकसम्म
गणतन्त्रदेखि ग्रहणतन्त्रसम्म
पत्तादेखि सत्तासम्म
के बेच्दैन उसले !
ऊ व्यापारी हो ।

पाँच वर्ष कमाउँछ
सकेसम्म जमाउँछ
टाठाबाठा समाउँछ
अनि बिस्कुन फिजाउँछ
सोझासाझा रिझाउँछ
पातला ओठ सिलाउँछ
कुरा ठ्यामै मिलाउँछ
फेरि ऊ उहीँको उहीँ
अनि कसको के लाग्छ
हो, ऊ बबाल व्यापारी हो
कसैदेखि डर्दैन, घाटा व्यापार गर्दैन ।

ऊ व्यवहारभन्दा व्यापार गर्छ
आइलाग्नेलाई वारपार गर्छ
केस बदल्न सक्छ,
भेस बदल्न सक्छ
परिवेश बदल्न सक्छ
सिङ्गै देश बदल्न सक्छ
सक्छ मात्र होइन यार !
कृषिप्रधान देशलाई
कुर्सीप्रधान बनाइसक्यो हैन र ?

अर्थनीति, राजनीति, धर्मनीति, सर्मनीति,
कुटनीति, भुतनीति
आफ्नै हात भएसी
तिती तिती जाइजा, मिठी मिठी आइज
भएन त मालामल !
ऊ व्यापारी हो
कसैदेखि डर्दैन, घाटा व्यापार गर्दैन ।

०००
इटहरी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x