साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध-चिन्तन-२

पढाएँ घोकाएँ अधिक बल गरी शास्त्र नाना रटाएँ नयाँ शिक्षाका ती बहुत तह सिँढी पारलाएँ कटाएँ रटाएका सारा मृदुल वचन सबै व्यर्थ तोडेर मेरा नजाउन् छोरा यी परमुलुक चुनी देश छोडेर मेरा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भुली नेपालीको प्रखर चतुरता वीरताको कहानी
डराई भागेको गलित वृषभझैँ युद्धमा हार मानी
गुमाई मर्दाङ्गीपन मुलुक भुली पीठ मोडेर मेरा
नजाउन् छोरा यी पर-मुलुक चुनी देश छोडेर मेरा॥१

धरा राम्रो हाम्रो अनुपम छ छटा धर्म संस्कार राम्रो
कलाकारी हाम्रो सब पुलकित छन् देश गुल्जार हाम्रो
लगाउन् श्रद्धाले श्रम र सिप यहाँ आँत जोडेर मेरा
नजाउन् छोरा यी पर-मुलुक चुनी देश छोडेर मेरा॥२

कमाएको मैले खुन अनि पसिना निर्झरीतुल्य झारी
जमाएका छन् जो फसल खुब हुने उर्वरा खेत बारी
बसुन् कर्मेष्ठी भै यस पवित धरा भव्य गोडेर मेरा
नजाउन् छोरा यी पर-मुलुक चुनी देश छोडेर मेरा॥३

ऋणी हुन्छन् छोरा जनक र जननीदेखि टाढा भएमा
सबै छिः छिः गर्छन् नर धरम भुली धेर छाडा भएमा
अकेला नै पारी मन र मुटु चुँडी आँत फोडेर मेरा
नजाउन् छोरा यी परमुलुक चुनी देश छोडेर मेरा॥४

पढाएँ घोकाएँ अधिक बल गरी शास्त्र नाना रटाएँ
नयाँ शिक्षाका ती बहुत तह सिँढी पारलाएँ कटाएँ
रटाएका सारा मृदुल वचन सबै व्यर्थ तोडेर मेरा
नजाउन् छोरा यी परमुलुक चुनी देश छोडेर मेरा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
बुबामुमा हृदयका सर्वाेच्च आधार हुन्

बुबामुमा हृदयका सर्वाेच्च आधार...

ढकाल शिखरनाथ बेलकाेटे
पाकाहरूबाट सिकाैँ (७)

पाकाहरूबाट सिकाैँ (७)

घनश्याम रेग्मी
साथी बनोस् समाज

साथी बनोस् समाज

अनन्तकुमार बस्नेत
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
0
Would love your thoughts, please comment.x
()
x