साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिम्रो मति फिरोस्

भोट हाल्ने आफ्नो हात आफै सराप्दै छन् फर्क नेताजी तिम्रो मिति सकियो तिम्रै शहर फर्क गयौ भने जुत्ताको माला लगाउँछन् रे चार पाटा मोडेर भन्ज्याङ् कटाउँछन् रे ।

Nepal Telecom ad

निलहरि काफ्ले :

ओहो ! नेताजी कता ?
धेरै समयपछि पो देखियौ त
ख्याउटे थियौ
गजधम्मै मोटो र खाइलाग्दो पो भेटियौ त
आहा ! कति राम्रो भएछौ
जुत्ता फेरेछौ, कोट फेरेछौ
पुरै रुपरंग नै फेरेछौ
लौ अहिले चाहिँ
चलचित्रको हिरो झैं पो छौ त …!

अस्ति भर्खर सदरमुकामसम्म
मैले नै पुर्‍याइदेको हैन र..
धुलाम्मे सडक कानभित्र बालुवा छिर्दा
मैले जितेपछि पिच हुन्छ भनेको हैन र..
आच्चै कालो सिसाको सवारीमा पो देखियौ त
ए….त्यही धुलो छेक्न पो हो ?
वा..! नेताजी वा….!
रवाफले गाउँ आउँदा त
सबैको सलाम खायौ होला है ?
सलाम फर्काउन त भ्यायौ नि ?
हुन त सिसा खोलेनौ होला है
के हेरिरहनु बरु नदेखेकै राम्रो कि कसो ?

भएन हो नेता जी भएन
अस्ति चुनावमा प्रचारमा जाँदा
मैले पनि बोलेको छु हौ
“हाम्रो नेतालाई भोट हाल्नै पर्छ”
“हाम्रो नेतालाई जिताउनै पर्छ”
“विकास के हो देख्न पाइन्छ”
“मल दिन्छु भनेका छन्, बाली लाउन पाइन्छ”
“कुलो पक्की हुन्छ रे, जल पटाउन पाइन्छ”
“बाटो पिच हुन्छ रे, सरर गुड्न पाइन्छ”
“खोलो तर्नु पर्दैन रे, पूल तर्न पाइन्छ”
“भोकै बस्नु पर्दैन रे, रोजगार पाइन्छ”
योजना उसैको रे
आयोजना उसैको रे
अझै के के भने के के
अहिले त मलाई
तँ पनि उतै जा पो भन्छन् त हौ

शहर गएका बेला
बाटोमा ठुलो महल देखेको थिएँ
तिम्रो गाडीमा जस्तै कालै सिसाको रैछ
कत्रो बडेमानको महल रैछ
कस्को होला भनेको
तिम्रै नेताको त हो नि, भने हौ
कहाँबाट आयो है नेता जी त्यत्रो बजेट ?

लौन नेताजी
तल्लाघरे काका त बडो रिसाएछन् हौ
तेरो नेताको वाचा त लौ…..खा
लोप्पा खुवाइदिए हौ
विचरा  दुःखले छोरो पढाए
जागिरको लागि कहाँ कहाँ हात फैलाए
अस्ति भर्खर मलेसिया गएछ
घर धितो राखेको छु भन्थे

हो नेताजी,
अब गाउँमा काका मात्र हैनन्
सबै रिसाएका छन्
उसलाई जिताएको उसैको विकास भो भन्छन्
भोट हाल्ने आफ्नो हात आफै सराप्दै छन्
फर्क नेताजी
तिम्रो मिति सकियो तिम्रै शहर फर्क
गयौ भने जुत्ताको माला लगाउँछन् रे
चार पाटा मोडेर भन्ज्याङ् कटाउँछन् रे
त्यसैले फर्क नेताजी अहिले नै फर्क
शहरमा बस्न दिउन्जेल उतै बस्नु
उदाहरण थाहै होला तिम्रो कर्तूत खुलेपछि
त्यहाँ पनि बस्न पाउँदैनौ
त्यसैले भन्छु,
तिम्रो मति फिरोस् ।

०००
एकता बस्ती, काठमाडाैं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लाहुर

लाहुर

नीलहरि काफ्ले
पर्दा लगाउँदैछन !!

पर्दा लगाउँदैछन !!

नीलहरि काफ्ले
लाउँछु भन्छन् !

लाउँछु भन्छन् !

नीलहरि काफ्ले
सुनकै कुम्लो बोकेर

सुनकै कुम्लो बोकेर

नीलहरि काफ्ले
के पीर भो र ?

के पीर भो र...

नीलहरि काफ्ले
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

नीलहरि काफ्ले
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
उज्यालो देखिएन त ?

उज्यालो देखिएन त ?

कणाद महर्षि
0
Would love your thoughts, please comment.x
()
x