साइबर अपराध सम्बन्धी सचेतना सामग्री

निजामती सेवा दिवसमा कविता वाचन

उउदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश कृष्ण प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिल्ला न्यायाधीश नवराज दुलाल विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो ।

Nepal Telecom ad

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाटमा शुक्रबार कर्मचारी मिलन केन्द्र र उदयपुर साहित्य कला प्रतिष्ठानले संयुक्त रूपमा कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ ।

उदयपुर जिल्ला अदालतका जिल्ला न्यायाधीश कृष्ण प्रसाद सुवेदीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा जिल्ला न्यायाधीश नवराज दुलाल विशिष्ट अतिथिका रुपमा रहनु भएको थियो भने कार्यक्रम उदयपुरका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा उदयपुर साहित्य कला प्रतिष्ठानका महासचिव माधव पोखरेल गोज्याङ्ग्रेले स्वागत मन्तव्य सहित रचना वाचनबाट कार्यक्रमको प्रारम्भ गर्नु भएको थियो ।

कर्मचारी मिलन केन्द्र उदयपुरका अध्यक्ष तथा कोष तथा लेखा नियन्त्रक कार्यालय उदयपुरका प्रमुख कोष नियन्त्रक महेश कुमार दाहालले सञ्चालन गर्नु भएको सो कार्यक्रममा उद्धव घिमिरे, अनिल घिमिरे, ऋृषिकेश पोखरेल, हर्क नारायण श्रेष्ठ, लाल बहादुर चौधरी, कीर्ति बहादुर खड्का, भवानी कटेल, नवराज खड्का, हिमालय पौडेल, सरिता पौडेल महेन्द्र कुमार राई, रविन्द्र राजा शाही लगायतका दर्जन बढी कविहरूले कविता वाचन गरेका थिए ।

०००
माधव गाेज्याङ्ग्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x