साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरो देशको अवस्था

तिनै ठूला नेताहरूका- पिडा र व्यथा सुनिदिनुपरेकोछ- गाली गलोज र अपशब्दहरू- व्यङ्ग्य, कटाक्ष र तुच्छ वाक्यहरूका समाचारहरू मात्र सुनिदिनु परेको छ !!

Nepal Telecom ad

विजय खनाल :

एकाविहानै आउने समाचारले
देश विकासका खबर सुनाउनुपर्ने,
जनताका सुख अनि आर्थिक क्रान्तिका
द्रुततर प्रगतिका उपलब्धि सुनाउनुपर्ने हो ।

तर सुन्नुपर्छ नेताहरूका घोचपेचका,
दाउपेचका व्यङ्ग्यका कण र कटाक्षहरू !
लाग्छ हामी कुनै सभ्य देशमा होइन-
देश लुटेर खान पल्केका असभ्य
झगडालुहरूको जमातमा बसेका छाैँ ।

अनि- उनीहरूको अभिष्ट पुरा गर्नका लागि,
पक्ष विपक्षमा सामेल भएर,
गालीमा ताली बजाइदिनुपर्ने- हामीले !
बोलीमा लोली मिलाइदिनुपर्ने- हामीले !!

यस्तो लाग्छ-
देश बनाउन पठाएका ठूला नेताहरू,
देश बेच्ने लाइसेन्स प्राप्त दलालहरू हुन् !
उनीहरूलाइ आफू खुसीगर्न छुट छ-
राज्यको ढुकुटी अनियमित कब्जा गर्ने छुट,
अनियन्त्रित झिकेर बाँडिचुडी गर्ने छुट !!

त्यसैले त, आजकाल आउने समाचारहरूमा,
तिनै ठूला नेताहरूका-
पीडा र व्यथा सुनिदिनुपरेको छ-
गाली गलोज र अपशब्दहरू-
व्यङ्ग्य, कटाक्ष र तुच्छ वाक्यहरूका
समाचारहरू मात्र सुनिदिनु परेको छ !!
यस्तैछ- मेरो देशको अवस्था!
धन्य हो मेरो देश !!

०००
अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
0
Would love your thoughts, please comment.x
()
x