बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मेरो देशको अवस्था

तिनै ठूला नेताहरूका- पिडा र व्यथा सुनिदिनुपरेकोछ- गाली गलोज र अपशब्दहरू- व्यङ्ग्य, कटाक्ष र तुच्छ वाक्यहरूका समाचारहरू मात्र सुनिदिनु परेको छ !!

Nepal Telecom ad

विजय खनाल :

एकाविहानै आउने समाचारले
देश विकासका खबर सुनाउनुपर्ने,
जनताका सुख अनि आर्थिक क्रान्तिका
द्रुततर प्रगतिका उपलब्धि सुनाउनुपर्ने हो ।

तर सुन्नुपर्छ नेताहरूका घोचपेचका,
दाउपेचका व्यङ्ग्यका कण र कटाक्षहरू !
लाग्छ हामी कुनै सभ्य देशमा होइन-
देश लुटेर खान पल्केका असभ्य
झगडालुहरूको जमातमा बसेका छाैँ ।

अनि- उनीहरूको अभिष्ट पुरा गर्नका लागि,
पक्ष विपक्षमा सामेल भएर,
गालीमा ताली बजाइदिनुपर्ने- हामीले !
बोलीमा लोली मिलाइदिनुपर्ने- हामीले !!

यस्तो लाग्छ-
देश बनाउन पठाएका ठूला नेताहरू,
देश बेच्ने लाइसेन्स प्राप्त दलालहरू हुन् !
उनीहरूलाइ आफू खुसीगर्न छुट छ-
राज्यको ढुकुटी अनियमित कब्जा गर्ने छुट,
अनियन्त्रित झिकेर बाँडिचुडी गर्ने छुट !!

त्यसैले त, आजकाल आउने समाचारहरूमा,
तिनै ठूला नेताहरूका-
पीडा र व्यथा सुनिदिनुपरेको छ-
गाली गलोज र अपशब्दहरू-
व्यङ्ग्य, कटाक्ष र तुच्छ वाक्यहरूका
समाचारहरू मात्र सुनिदिनु परेको छ !!
यस्तैछ- मेरो देशको अवस्था!
धन्य हो मेरो देश !!

०००
अमेरिका ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी