साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लोभ तृष्णा कति गर्छस् मर्ने बेलासम्म !

यताउता भौतारिन्छस् पीपलपाते मन कहिले त लाग्छ मलाई दुइटा तेरो तन एउटा तनले हुन्छ भन्छ, अर्को बटारिन्छ गन्तव्यमा पुग्नै लाग्दा फेरी मडारिन्छ

Nepal Telecom ad

विजय खनाल :

ए मन् तँ किन हावासरी घुमिरहन्छस् रनवन
अनि उडाइरन्छस् पँलासजस्तै मलाइ फनफन्
कहिले सिमलजस्तै फैलिदिन्छस् संसारभरि
कहिले गजधम्म जमेर बसिदिन्छस् हिँउसरि ॥

कहिले घोच्छस् मुटुमा बिज्नेगरी वज्रवाण,
प्रयत्न गर्छु उम्किन म तर पाउन सक्दिनँ त्राण
दिइरहन्छस् तैँले मलाइ पटक-पटक धोका
हौसिएर गुमाइदिइस् अनगिन्ति मौका ॥

सुन्दर राम्रो देखेपछि मुख रसाउने तेरो
तैँलेगर्दा दुःख पाउने पालो चाहिँ मेरो
देखेजति सुन्दरीमा आह्रिस गर्ने बानी
बुढो भइसकिस् अब कहिले हुने ज्ञानी ॥

भाग्य मेरो बर्बाद गरिस् धेरैपटक तैँले
कतिपटक सम्झाइरहूँ हारी सकेँ मैले
सुन चाँदी डलर जति तँलाइ नै चाहिने
अल्छि गर्छस् कर्म गर्न अनि कहाँ पाईने ?

यताउता भौतारिन्छस् पीपलपाते मन
कहिले त लाग्छ मलाई दुइटा तेरो तन
एउटा तनले हुन्छ भन्छ, अर्को बटारिन्छ
गन्तव्यमा पुग्नै लाग्दा फेरी मडारिन्छ ॥

संसारकै सुन्दर वस्तु नभई हुन्न तँलाई
खुस्काएर धोती टोपी कङ्गाल पारिस् मलाई
जवानीमा हेन्सम थिइस् सुन्दर गजधम्म
लोभ तृष्णा कति गर्छस् मर्ने बेलासम्म ॥

०००
हाल अमेरिका ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x