सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शिछेक म्याँ-संघ

कम्तिमा आन्दोलन गरेपछि तोडफोड, ढुङ्गामुढा त हुन्छ नि । न एउटा गाडी पोलेको छ, न पुलिसमाथि इँटा बर्साएको छ ? यस्ता आन्दोलन पनि गर्ने हो ? ढुङ्गामुढा गरेका भए त देशविदेशका मिडिया ताँती लाग्थे, युँका त्युँ माग पूरा हुन्थ्यो । तोइट म्याँ संघका झोलेहरू ।

Nepal Telecom ad

संप्रस पौडेल  :

(वरिष्ठ र कनिष्ठबीच कुराकानी)

वरिष्ठ : को हँ आन्दोलन गर्ने ?
कनिष्ठ : को हुनु झोले मास्टरहरू ।
वरिष्ठ : झोलेचाहिँ किन भनेको हँ ? च्यातिएको झोला बोकेर वा राजनीति गरे भनेर ? उनीहरू झोले भए हामीचाहिँ के त ? लौ लौ अनि के चाहियो रे त यिनीहरूलाई ?

कनिष्ठ : कमाइ धेरै छैन । तरकारीमा झोल हालेर, त्यो पनि एकथोक तरकारी मात्रै खान्छन् । त्यही भएर झोले भनेका होलान् । उनीहरूलाई चाहिएकोचाहिँ सेवाको सुरक्षा ।
वरिष्ठ : हैन यिनीहरूलाई के असुरक्षा छ हँ ?
कनिष्ठ : खै हजुर सुरक्षा चाहियो भन्छन् ?
वरिष्ठ : के फिल्म बनाउन लागेछन् र नायिकामा सुरक्षा चाहिएका ?
कनिष्ठ : त्यसो त हैन हजुर । यिनीहरू साधारण जिन्दगी जिउँछन् । देखावटी जान्दैनन् ।

वरिष्ठ : देशको चिन्ता गर्ने हामी । यस्ता साधारण मान्छेलाई नि सुरक्षा चाहिन्छ ?
कनिष्ठ :  काँ हुनु हजुर देशको बारेमा यिनीहरू जति हजुरलाई कहाँ चिन्ता छ र ? हजुर त अमेरिकाबाट सिधै चाइना । चाइनाबाट केही दिन यता आराम गरेर भारत पुग्नुहुन्छ । त्यसपछि फेरि रुस हो कि बेलायत हो । जे होस् भारत र क्यानडाको राम्रो परिराको छैन । त्यताचाहिँ नजानुस् है ।
वरिष्ठ : ल ल बढ्ता नबोल । पहिले पो आलोकाँचो थिएँ । अब पशुपतिलाई ढोगेर जान्छु, कुरो मिलीहाल्छ । अँ बरू मास्टरहरूलाई सुरक्षा चाहिएको हो भने मेरो एउटा केटोलाई पठाइदे हुन्नँ ?
कनिष्ठ : त्यस्तो सुरक्षा होइन हजुर । उनीहरू जिन्दगीभरि पढाउँछन् । घोक्रो सुकाउँछन् ।

वरिष्ठ : घोक्रो त उनीहरूभन्दा हामी नै बढी सुकाउँछौं त ।
कनिष्ठ : होइन हजुर पनि- कहाँको हरिद्वार कहाँको मलद्वार । उनीहरूको घोक्रोले देशको भविष्य बोलेको हुन्छ, हजुरकोले एकछिनको ताली । त्यहीमाथि हजुरको त सहयोगी हुन्छन्, के बोल्ने, कस्तो बोल्ने सबै अर्कैले सिकाउँछन् नि ।
वरिष्ठ : बढी नबोल । अब उनीहरूको अर्को माग के हो नि ?
कनिष्ठ : १५ वर्षभन्दा बढी अस्थायी भएर जीवन बिताएका छन् । कुचो लगाएर धुलो खाएका करारका कर्मचारीहरू छन् । विद्यालयबाट विदाई भएर घर फर्किँदा खाली हात जानुपर्छ भनेर रुन्छन् ।
वरिष्ठ : ए उसो भए के चाहियो रे त ?

०००
(उनका सहयोगी चिया होटलमा छिर्छन् । त्यहाँ आज नेपाल किन बनेन, क्यानडा-भारतको कुटनीति विवाद, चीन-रुसको विकासमा साम्यवादको चर्चादेखि अमेरिकामा वाइडेन र हाम्रा प्रधानमन्त्रीबीचको भेटसम्मका कुराहरू….. अहँ यी केही कुरा चलेनन् ।)

(विशुद्ध चिया ग्राहकहरू)
पहिलो : त्यो शिछेक म्याँ संघ भनेको कुन पार्टीको झोले रैछ ?
दोस्रो : कुन हुनु त्यही सत्तामा नभएका त होला नि ?
पहिलो : हैन हैन, सत्तामा भएका पनि होलान् ।
तेस्रो : उसो भए सबैका होलान् ।
सबै एकैस्वरमा : पार्टीमा हुने नहुने सबैका होलान् ।
०००
(अर्कोपट्टी चर्काचर्की टेबल टकमा व्यस्त ग्राहकहरू)
चुरोटवाला : जे जे भए नि म्याँ संघले सहमतिचाहिँ खराब गर्‍यो है ।
सूर्तिवाला : त्यही त नि ।
सेतोचियाको कालो चियापत्तिको अम्मली : अँ साँच्ची के सहमति भएछ हँ ?
सबैभन्दा अन्तिममा टुप्लुक्क आउने : त्यतिचाहिँ थाहा छैन तर सहमतिचाहिँ खराबै गरेको हो ।
त्योभन्दा पछिपछि अर्को जोडिएर : हो हो त्यो म्याँ संघ पनि झोले संघ रैछ ।
(नजिकको स्कूलमा घन्टी बज्छ । गफिनेहरू चिया पिउँदा पिउँदै एकजना शिक्षक थोत्रो बाइक लिएर निस्कन्छन् ।)

चुरोटवाला : ऊ आयो म्याँ संघको झोले ।
सूर्तिवाला :अस्तिसम्म त ठिकै लाग्थ्यो । अब हरितन्नम् लाग्यो यार ।
सर्वहारी : किन नि ?
आफूलाई सर्वज्ञाता ठान्ने : सित्तैमा पाए चिया पिउने, नत्र घरैमा ग्रीन टी पिएर आएको भन्नेवाला : कम्तिमा आन्दोलन गरेपछि तोडफोड, ढुङ्गामुढा त हुन्छ नि । न एउटा गाडी पोलेको छ, न पुलिसमाथि इँटा बर्साएको छ ? यस्ता आन्दोलन पनि गर्ने हो ? ढुङ्गामुढा गरेका भए त देशविदेशका मिडिया ताँती लाग्थे, युँका त्युँ माग पूरा हुन्थ्यो । तोइट म्याँ संघका झोलेहरू ।
०००
पहिलो टोली : साँच्ची त्यो विधेयकचाहिँ कहाँ पाइएला है । पढ्न पाए हुन्थ्यो ।
दोस्रो टोली : ह्या हाम्लाई किन पढ्नुपर्योा ? ‘भुरा’ पढाउनु छ र ? पढे नि त्यही शिछेक म्याँ संघकाले पढून् ।
(अन्तत : ‘म्याँ संघ’ बारे धारणा बनाउँदै ‘भ्या संघ’ ले बाटो तताए । अर्को पटक उनीहरू निजामती कर्मचारी बारे कुरा गर्नेछन् । त्यसपछि वैदेशिक रोजगारीका कुरा पनि आउलान् । अघिल्ला भेटमा मिटरव्याजीका कुरा गरे र भने ज्ञकमाउनलाई विदेशै जानुपर्ने पो के रहेछ र ?’ आन्दोलन गर्ने किसान र मिटरव्याजपीडितलाई पनि झोले बनाए । उनीहरूले आफूलाई बाहेक सबैलाई झोले बनाएका छन् । कहिलेकाहीँ त चिया पसले पनि पातलो चिया खुवाएर झोले भैदिन्छ । भन्छ : आज भैँसीले धेरै पानी खाएछ ।)

०००
हेटौँडा, मकवानपुर ।

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
पेट मिची मिची हासौँ

पेट मिची मिची हासौँ

संप्रस पाैडेल
म यहाँ छु

म यहाँ छु

संप्रस पाैडेल
शनिबारको विदा

शनिबारको विदा

संप्रस पाैडेल
मङ्सिरे समाचार

मङ्सिरे समाचार

संप्रस पाैडेल
उत्तरआधुनिक दशैँं

उत्तरआधुनिक दशैँं

रामप्रसाद पन्थी
ङिच्चपुराण

ङिच्चपुराण

रमेश समर्थन
खुकुरीः अहिंसा र टोपी

खुकुरीः अहिंसा र टोपी

गाेपेन्द्रप्रसाद रिजाल
मान्छे महान्

मान्छे महान्

रेहित सैजु
0
Would love your thoughts, please comment.x
()
x