बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

हाम्रो स्वाभिमान

हरेक कोणबाट स्वाधीनताको सफल सूत्र काट्ने अरूकै कैँची र छुरा छ तर न नेपाली जनताले भेटायो स्वाभिमान न असली देशभक्तले भेटायो न विश्वले भेटायो हाम्रो स्वाभिमान !!

Nepal Telecom ad

नदी भट्टराई :

आफैँभित्र आफू जस्तै भएर बाँचियोस्
र गर्व गर्न सकियोस्
म बाँचेको छु ,
त्यो स्वाभिमान सम्झन्छु ।
आस्थाहरू अध्यात्म भएर जाग्नु
परिवर्तनका संभावना भएर जाग्नु
अन्याय र मानवीय व्यभिचार विरुद्ध जाग्नु
पराधीनताको विरुद्ध जाग्नु
तर आशा र भरोसाको आश नगरीकन सङ्घर्षमा
नथाक्नु नै असली स्वाभिमान ।
आजभोलि
स्वार्थको लागि
माटो र भाषाको व्यापार गर्नेहरू
व्यक्ति र राष्ट्रव्यक्ति नै स्वाभिमानका कुरा गर्छन्
तर ऊसँग न मैले स्वाभिमान भेटाएँ
न समयले भेटायो
न ऊ स्वयम्ले भेटायो
हाम्रो स्वाभिमान !
सियोको कुरा छ
नूनको कुरा छ
कानूनको कुरा छ
नागरिकता मात्र आफ्नो छ
कोक्रोमा छिप्पिएको बालक हल्लाउने
अरूकै लोरी र डोरी छ
हरेक कोणबाट स्वाधीनताको सफल सूत्र काट्ने
अरूकै कैँची र छुरा छ
तर न नेपाली जनताले भेटायो स्वाभिमान
न असली देशभक्तले भेटायो
न विश्वले भेटायो
हाम्रो स्वाभिमान !!

०००
इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी