साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो स्वाभिमान

हरेक कोणबाट स्वाधीनताको सफल सूत्र काट्ने अरूकै कैँची र छुरा छ तर न नेपाली जनताले भेटायो स्वाभिमान न असली देशभक्तले भेटायो न विश्वले भेटायो हाम्रो स्वाभिमान !!

Nepal Telecom ad

नदी भट्टराई :

आफैँभित्र आफू जस्तै भएर बाँचियोस्
र गर्व गर्न सकियोस्
म बाँचेको छु ,
त्यो स्वाभिमान सम्झन्छु ।
आस्थाहरू अध्यात्म भएर जाग्नु
परिवर्तनका संभावना भएर जाग्नु
अन्याय र मानवीय व्यभिचार विरुद्ध जाग्नु
पराधीनताको विरुद्ध जाग्नु
तर आशा र भरोसाको आश नगरीकन सङ्घर्षमा
नथाक्नु नै असली स्वाभिमान ।
आजभोलि
स्वार्थको लागि
माटो र भाषाको व्यापार गर्नेहरू
व्यक्ति र राष्ट्रव्यक्ति नै स्वाभिमानका कुरा गर्छन्
तर ऊसँग न मैले स्वाभिमान भेटाएँ
न समयले भेटायो
न ऊ स्वयम्ले भेटायो
हाम्रो स्वाभिमान !
सियोको कुरा छ
नूनको कुरा छ
कानूनको कुरा छ
नागरिकता मात्र आफ्नो छ
कोक्रोमा छिप्पिएको बालक हल्लाउने
अरूकै लोरी र डोरी छ
हरेक कोणबाट स्वाधीनताको सफल सूत्र काट्ने
अरूकै कैँची र छुरा छ
तर न नेपाली जनताले भेटायो स्वाभिमान
न असली देशभक्तले भेटायो
न विश्वले भेटायो
हाम्रो स्वाभिमान !!

०००
इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x