साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाघले आगो खाएपछि

अरुकै आक्रोशको आँसु र पसिनाले आगोको राप निभ्छ आगो निभेको बाघ चिसो हुन्छ, बाघ हुनुको अर्थ तातो हुनु हो, चिसोले बाघ हुँदैन बाघको आगो निभेपछि खानुको अर्थ बद्लिन्छ र बाघले माटो खान्छ ।

Nepal Telecom ad

मिश्र वैजयन्ती :

खानु भनेको बाँच्नु हो,
बाँच्न, मोटाउन, पुस्टाउन, सप्रिन,
खानुपर्छ-छु भन्न ।
कन्तबिजोग हुनलाई पनि
अपच हुनेगरी खाएर खाइँदोरहेछ ।
हुन त मर्नलाई
विष पनि खाएका छन् कतिले,
ख्वाएका र कोच्याएका छन् कतिले ।
इज्जत राख्न खाएर इज्जत फालेका छन् कतिले ।
मात्नेगरी, लड्नेगरी खाएर लडेपछि- उडेपछि
सरम लाग्दा लाग्दा
सरम पनि पचाएको छ कतिले ।

कतिले पानी खाएर
कतिले ढिँडो र गुन्द्रुक खाएर
कतिले जङ्गली कन्दमूल खाएर
भोक मारेका छन्
बाँचेर देखाएका छन्
छु भन्ने पारेका छन्
कतिले गाली खाएर
कतिले बारुद खाएर
बाँचे बचाएका छन् आफूलाई
भोक सबैलाई लाग्दोरहेछ ।

आग्लो लाएका ओठहरू
मुर्दा जीवन र चिसा विचारहरू
गाँठो कसिएका आस्थाहरू
अघाएका विरुद्ध उठ्ने
निस्कलङ्क भोकहरू
जुर्मुराएपछि युद्धको जङ्गलमा गतिहरू
बाघहरू गर्जिएका स्वरका विरुद्ध
चटपटाएपछि
बाघलाई पनि खानको जोश आउँदोरहेछ
भोकमाथि भोक अझ लाउँदोरहेछ ।

बाघले मुग र हरिण खान्छ,
गाई र बाखा खान्छ,
बाघले मान्छे खान्छ, बाघले बाघलाई नै खान्छ,
खाँदाखाँदै अझ खाँदा बाघले आगो खान्छ
बाघले आगो खाएपछि
आगोलाई हुरीले उडाएपछि
अरुकै आक्रोशको आँसु र पसिनाले
आगोको राप निभ्छ
आगो निभेको बाघ चिसो हुन्छ,

बाघ हुनुको अर्थ तातो हुनु हो,
चिसोले बाघ हुँदैन
बाघको आगो निभेपछि
खानुको अर्थ बद्लिन्छ र बाघले माटो खान्छ ।

०००
नवरत्न (२०६४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आँधी

आँधी

मिश्र वैजयन्ती
एकतारे वाद

एकतारे वाद

मिश्र वैजयन्ती
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x