साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नारी स्रष्टा सम्मान

सम्मानित हुने नारी स्रष्टाहरूमा वरिष्ठ कथाकार छिमी ओङ्मु लामा, कवि डा.कमला तामाङ र सिक्किमको चर्चित चित्रकार दीपा राई रहेका थिए भने आफूहरू सम्मानित हुने अवसर प्रदान गरेकोमा संस्था र अध्यक्षप्रति आभार व्यक्त गरेका थिए ।

Nepal Telecom ad

मिरिक / १० मार्च २०२४ अर्थात् २७ फागुन २०८० आइतवारका दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दार्जिलिङ जिल्लाअन्तर्गत सिलिगुडी मुहकुमा सालबारीको एउटा भवनको सभा हलमा ‘ क्याफे द टुइन्स्’ द्वारा भव्य कार्यक्रम आयोजना गरिएको हो ।

सृष्टि, शक्ति र संरचनाका प्रतीक नारी आदर्शलाई सिर्जनशील कोणबाट विगतदेखि नै दिवसको रूपमा मनाइँदै आएको छ ।

यो कार्यक्रम मूलतः नारीप्रधान भएकाले संस्थाकी अध्यक्ष लेखा राईको अध्यक्षतामा, डा. रिञ्जी ई वाङ्दी, प्रभा राई, डा.वीणा हाङ्खिम, स्नेहलता राई र विन्ध्या सुब्बा आदिको क्रमशः प्रमुख र विशिष्ट आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको हो । मञ्चासिन स्रष्टाहरूलाई खदार्पण र स्वागतपछि दीप प्रज्ज्वलन गरी कार्यक्रमको घुम्टी खोलिएको थियो ।

अध्यक्ष लेखा राईले सन् २०२१ देखि नेपाली भाषा र साहित्यको क्षेत्रमा अमूल्य योगदान दिँदै आएका नारी स्रष्टाहरूलाई सिर्जनशील प्रोत्साहनस्वरूप सम्मान गर्ने परम्पराको थालनी गरिएको बताउदै सो दिन तीन नारी हस्ताक्षरहरूलाई सम्मान गरिएको जानकारी दिइन् । ‘लिटरेरी क्वीन्स च्याप्टर फोर’ द्वारा अङ्गवस्त्र र प्रमाण-पत्रसहित सम्मानित हुने नारी स्रष्टाहरूमा वरिष्ठ कथाकार छिमी ओङ्मु लामा, कवि डा.कमला तामाङ र सिक्किमको चर्चित चित्रकार दीपा राई रहेका थिए भने आफूहरू सम्मानित हुने अवसर प्रदान गरेकोमा संस्था र अध्यक्षप्रति आभार व्यक्त गरेका थिए ।

यसै सन्दर्भमा नीरा सुब्बा र पुनम तामाङले नारीवादी चिन्तनका केही हिन्दी तथा नेपाली कविता तथा हाइक्यु वाचन गरेका थिए । उसो त उक्त कार्यक्रममा ‘भारतीय नेपाली साहित्यमा नारी स्वर ‘ शीर्षकमा अन्तर्क्रिया कार्यक्रम पनि सम्पन्न भएको थियो जसमा पवित्र लामा र अमला सुब्बाले अंश ग्रहण गरी अनुराधा शर्माबाट सहजीकरणको भूमिका निर्वाह भएको थियो ।

अन्तर्क्रियामा नेपाली नारीहरू लेखन विषय , सीमा र आवश्यकतालाई मध्यनजर गर्दै नारी स्रष्टाहरूले लेखिरहको परिप्रेक्षमा पुनः यसैलाई जोड दिँदै पितृसतात्मक परम्पराको विरोध नगरी साझा आवाज लेख्नुपर्ने कुरालाई आह्वान गरिएको थियो ।

विशिष्ट अतिथि प्रभा राई , अतिथि विन्ध्या सुब्बा र प्रमुख अतिथि रिञ्जी ई वाङ्दी आदि नारी स्रष्टाहरूले नारीको लेखन, चिन्तन र भविष्यको बारेमा बोल्दै थप जोड दिएका थिए ।

त्यसो त मिरिकमा स्थापित जुझारु साहित्यिक संस्था साहित्य सुनौँ परिवार मिरिकका परिवारहरू सचिव शीला लामा, सह-सचिव दीप प्रधान, शिक्षिका पार्वती मोक्तान, वरिष्ठ साहित्यकार मोहन ठकुरी , बुकुने कथाकार , सिक्किमका समालोचक पेम्बा लामा र सोनाम वाङ्देलको गरिमामय उपस्थिति रहेको थियो । अन्त्यमा आफ्ना अध्यक्षीय मन्तव्यसहित लेखा राईद्वारा सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरिएको थियो ।

क्याफे द टुइन्स्को आयोजना, लेखा राईको अध्यक्षता, मन्तव्य र औचित्य रहेको कार्यक्रममा स्मृति प्रधानले सहजीकरण गरेकी हुन् , कथाकार दीप प्रधानले जानकारी दिए ।

०००
फित्कौली डटकमका लागि मेची प्रतिनिधि नदी भट्टराई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x