साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उमेरको रिभर्स भौचर

कसले भन्यो सदुपयोगिता निरीक्षणमा जानेहरू जागिरको खाँडो पखालेर गए भनेर ? उनीहरू फेसबुकको भित्तामा नातिसँग रहरका लहरहरू सजाइरहेछन् । सी. एस. आर. प्रोग्रामको भेटघाटे चौतारीमा सी.डी. रेसियोको किबोर्ड बजाइरहेछन् ।

Nepal Telecom ad

अनिल पौडेल :

ए. एल.र बी फोरले थप्पड हानेर
गालाको रङ खुइलिएको हो
बायोमेट्रिक सिस्टमले चेक-आउट गरेर
इन्टरनेट बैङ्किङले रिजेक्ट गरेको हो
एउटा पूर्वको भूत
अर्थात् भूतपूर्व लाहुरे
पल्टनको कोड नं. ३३८९
जिन्दगीको वासलातमा केही अङ्क छुटेर
नयाँ म्यानुअल हेर्न आएको छ
समृद्धिको सगरमाथा चढ्ने रहर बोकेर
आफ्नै उमेरको स्प्रेडदर फेर्न आएको छ
हरेक पल्ट प्रश्नका पुलिन्दाले सोधिरहेछन्
रिभर्स भौचर उठाएर एकपल्ट
नागरिकताको उमेर तल झारौँ कि ?
के. वाई. सी. फाराममा टिपेक्स लगाएर
स्थायी ठेगाना अन्तै सारौँ कि ?

भूपूले बगाएको पसिनाको पहाड
खजान्चीले कुन लकरमा थुनेको छ ?
६/१/१ मा भुक्तानी दिन राखेको बैँस
गाउँको शाखाले ख/ज पत्रमा उनेको छ
कसले भन्यो सदुपयोगिता निरीक्षणमा जानेहरू
जागिरको खाँडो पखालेर गए भनेर ?
उनीहरू फेसबुकको भित्तामा नातिसँग
रहरका लहरहरू सजाइरहेछन् ।
सी. एस. आर. प्रोग्रामको भेटघाटे चौतारीमा
सी.डी. रेसियोको किबोर्ड बजाइरहेछन् ।

०००
सुन्दरहरैँचा नगरपालिका – ५, मोरङ ।
हाल : काठमाडौँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाको जोहो

आमाको जोहो

अनिल पौडेल
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x