साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आमाको जोहो

मैले आँखाले केही भनेँ । भावनाले बुझिन् र हतारहतार भित्र लुकाइन् लगेर । यसरी हामीलाई अत्तालिएको देखेर आमाले फेरि सोध्नुभयो- ‘हैन, त्यो पोको चैं के हो त कान्छा ?’

Nepal Telecom ad

भावना र म प्रणयसूत्रमा बाँधिएको केही दिनपछि परिवार नियोजनको गाउँस्तरीय केन्द्रले एउटा चिठी पठायो । खोलेर हेरेको, शुक्रबार एक बजे दुवै जनालाई निमन्त्रणा गरेको रहेछ । हल लागेर गयौँ । उनीहरूले सानो कार्यक्रम गरेर अज्ञात कोसेली उपहार दिए । घरमा आएर खोल्यौँ । मीठो सपना देख्नेहरूका लागि रहेछ । त्यसलाई नचलाई पश्चिम कोठाको भुइँमा राख्यौँ ।

मैले काठमाडौंबाट कृषि विकास बैङ्कमा जागिरे जाँच दिएको थिएँ । केही दिनपछि पास भएको खबर आयो । नयाँ दुलहीलाई घर छाडेर नियुक्ति पत्र लिन काठमाडौं दौडिएँ । पहिलो पोस्टिङ केन्द्रीय कार्यालयमा भयो । तुरून्तै घर फर्किन मिलेन । केही महिनापछि भावनालाई काठमाडौँमै बोलाएँ । उनी आइन् । सामान्य रूपमा हाम्रा दिनहरू बित्दै गए ।

दसैँ आयो । झोलाझाम्टा बोकेर हामी गाउँ फर्कियौँ । उता आमाचाहिँ छोराबुहारी आउने दिन गनेर बस्नुभएको रहेछ ।

दसैँले छोप्यो, कुखुरीले चल्लो छोपेझैं । घरमा चुना लगाउने लिपपोत गर्ने आदि कामले टाउको उठाउने फुर्सद भएन । दशमीको दिन आमाका हातको टीका लगाएर ससुराली गयौँ पर्सिपल्ट फर्केर आउँदा आमाले अचम्म गर्नुभयो । बेलुका बसेर गफ गर्दै थियौं, झल्याँस्स के सम्झेझैं गरेर भित्र पस्नुभयो र फेटा बाँध्ने गम्छाले बेरिएको एउटा पोको ल्याउँदै भन्नुभयो-

‘लाटालाटी हो । यो तिमीहरुको खै के जाती हो, मुसाले घिसार्दै लगेर खाँबाको चेपमा खाँदेछ । घर बढार्दा देखेर झिकेँ । एसो हेरेँ कहिल्यै देखेको भा‘पो चिन्नु । उही तैंले एक पटक कवितामा पुरस्कार जितेर ल्याउँदा कुप्पी (टुकी) पो ल्याएछ भनेर मट्टितेल हालेर सलेदो छिराउँदा दुलो नभेटाएर अलमल्ल परें म त । सम्धीलाई सोधौं भनेको, सामु उभिएर बोल्न सरम लाग्यो । कान्छा भानिजलाई हतारहतार देखाएकी, डल्लो परेर हाँस्नुभयो । ‘क्या हो त भानिज यो ?’ भनेर लाखपल्ट सोधें, मरिगए मुख बाउनुभएन । उल्टै ‘कसैले नदेख्ने गरी राखिदिनू, भाइको सामान हो’ भनेर जानुभयो । म त हराउँछ होला भनेर पिरले आधी भैसकेकी थिएँ ।

आमाले हातको पोको हामीतिर तेस्र्याएर लामो सास फेर्नुभयो ।

भावनाले पुलुक्क मेरा मुखमा हेरिन् । मैले पनि हाँसो थाम्न सकिनँ । सक्ने विषय पनि थिएन । तर हामी लाजले बल्दै गरेको मैन पग्लिरहेका थियौं ।

मैले आँखाले केही भनेँ । भावनाले बुझिन् र हतारहतार भित्र लुकाइन् लगेर । यसरी हामीलाई अत्तालिएको देखेर आमाले फेरि सोध्नुभयो- ‘हैन, त्यो पोको चैं के हो त कान्छा ?’

०००
‘अतितको बिस्कुन’ बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x