साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कमाउने ज्वाईंको गन्दै मिठो

तीनवटा चुरोट सिद्धिएपछि छोरीबाट आज्ञा भो “छोड्नुस् न अब त यो अति नै भो” ज्वाईंले ठाडो जबाफ फर्काइस्यो “मेरो कमाई उडाको हुँ तेरा बाउको हो ?”

Nepal Telecom ad

ढोका टिङ्ग टिङ्ग
रातको नौ बजे
घ्वार्र ढोका खुल्दाखुल्दै स्वाट्ट छिर्‍यो
चुस्की र सुर्तीको गन्द मिश्रित
मीठो,
च्वास्स दारी, घ्याम्पे भुँडी
हाकिम ज्वाईंको महँगो बास्ना
कोठामा ज्वाईं पस्न नपाउँदै
गन्दे बोली भुइँमा खस्न नपाउँदै
सुरु भयो सेवा
मुखमा मास्क लागाएर छोरी कोट खोल्न गइन
जवान छोरी ज्वाईंको आगमनले सायद भुतुक्कै भइन
सुँक्कसुँक्क गर्दै हतार हतार कोठाभित्र गइन
एकै छिनमा सुरु भो सत्कार- आइस्यो र गइस्यो
हेर्दाहेर्दै ज्वाईंसाबले अर्को सुर्ती सल्काइस्यो ।
“आज अफिसमा पचास हजारको मुर्गा पड्काइयो”
जब ज्वाईंका मुखारबिन्दबाट मलाई बताइस्यो
म त ज्वाईंको प्रगति देखेर हेर्‍या हेर्‍यै भएँछु
मनमनै भनें
राम राम,
कस्ती भाग्यमानी छोरी पाएछु ।
तीनवटा चुरोट सिद्धिएपछि छोरीबाट आज्ञा भो
“छोड्नुस् न अब त यो अति नै भो”
ज्वाईंले ठाडो जबाफ फर्काइस्यो
“मेरो कमाई उडाको हुँ
तेरा बाउको हो ?”

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
0
Would love your thoughts, please comment.x
()
x