साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मेरा भगवान

रामका भक्तलाई बाँदर दलका भक्तलाई हनुमान भनिरहेछु, हो, म भगवान छोडेर भौमानहरूको पूजामा तल्लिन छु ।

Nepal Telecom ad

कोही भगवान खेतमा छन्
दुनियाँका लागि खाद्य उत्पादन गर्दैछन्
कोही भगवान जेलमा छन्,
तब न सरकार ढालिरहेका छन् ।

कोही भगवान आरोपपत्र बोकेर
अदालत धाइरहेछन् ।

कोही भगवान धरौट बुझाएर
चउरमा उफ्रिरहेछन् ।

कोही भगवान
आफ्नो हत्यारा खोज्दा खोज्दै
मरिसकेका छन् ।

कोही भगवान
न्याय पाइने आशमा
भगवान भैसकेका छन् ।

घोरकली यही हो कि जस्तो लाग्ने
हे दैव,
शिवजी पनि आजकाल स्यालुन जान्छन्
अनि पो डिजिटल फोटोमा
चट्ट जुँगादाह्री लिएर आएका छन् ।

उनै महादेव जीमखानाबाट बाहिरिएर
बुलेट मोटरसाइकलमा
पत्नी घुमाइरहेका भेटिन्छन् ।

उनै शिवजी आजकाल
चिलिम होइन
रेष्टुरेन्टमा फ्लेभरवाला हुक्का
तान्दै गरेका भेटिन्छन् ।

रामका भक्तलाई बाँदर
दलका भक्तलाई हनुमान भनिरहेछु,
हो, म भगवान छोडेर भौमानहरूको
पूजामा तल्लिन छु ।

०००
२०७९ फागुन ६, हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
जुठोपुरो

जुठोपुरो

मिलन समीर
0
Would love your thoughts, please comment.x
()
x