साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वरिष्ठ कवि

आफ्नो ग्याङ न भै कतै रहरले जाँदैन गोष्ठी पनि आफ्नो तारिफको सुनिश्चित हुँदा छाड्दैन गोष्ठी पनि यो कस्तो अभिमान हो मनुजको हट्दै नहट्ने गुण अग्लो मानवता पलाउन सकोस् मान्छे नहोस् दुर्जन ।

Nepal Telecom ad

कल्पना काफ्ले :

यौटा झुण्ड छ यो प्रबुद्ध भनिने ठान्दैन अर्को भला
सारा सृस्टि सबै सबै अगतिलो ठान्ने सबै दुर्बल
जस्तो काव्य भए उसै गजबले ताली बजोस् भन्दछ
यौटा मात्र मरेर लेख्छ कविता आफै ठुलो ठान्दछ ।।

आफैँ लेख्छ कुनै कनेर कविता कैले सबै चोर्दछ
कैले अक्षरमा मिसावट गरी भाषा सबै तोड्दछ
भाषाविज्ञ बनी सुझाव कसिला छाँट्ने कुरा जोडले
साँच्चै लेख्नु परे बसेर कविता सार्ने सबै चोरले ।।

भटट्यायो कहिले बसेर सबका भाका कयौं बिग्रिए
वा !वा !वा ! नभने बुरुक्क सजिलै संजालमा उफ्रिए
पैसा खाम भरी दिएर रचना लेखाउने गर्दछ्न्
साँच्चै लेखकका सुरम्य कविता ओझेलमा पर्दछन् ।।

आफ्नो ग्याङ न भै कतै रहरले जाँदैन गोष्ठी पनि
आफ्नो तारिफको सुनिश्चित हुँदा छाड्दैन गोष्ठी पनि
यो कस्तो अभिमान हो मनुजको हट्दै नहट्ने गुण
अग्लो मानवता पलाउन सकोस् मान्छे नहोस् दुर्जन ।

लेख्ने लेखक हो सबै सुजन हो लेख्दा गरौँ साधना
सारा लेखक एक हुन् मगजमा जन्मून् नयाँ भावना
हामी एक हुँदै जुटौँ सबजना होस् एकताको बल
लागौं सिर्जनमा विभेद नगरी मिल्नेछ राम्रो फल ।।

०००

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
Januka Guragain
Januka Guragain
6 months ago

यथार्थपरक सुन्दर कविता

Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
1
0
Would love your thoughts, please comment.x
()
x