साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आरम्भको ४२ औँ शृङ्खला सम्पन्न

Nepal Telecom ad

राजधानीमा नियमित सञ्चालन हुँदै आएको साहित्यिक कार्यक्रम ‘आरम्भ’को ४२ औँ शृङ्खला गत शनिबार भव्यतासाथ सम्पन्न भएको छ । आरम्भका अध्यक्ष प्रेम ओलीको अध्यक्षतामा सम्पन कार्यक्रममा करिव दुई दर्जन स्रष्टाहरू रचना वाचनमा सहभागी थिए ।

कार्यक्रममा नेपाली, हिन्दी, अवधी र भोजपुरी भाषामा कबिता, गजल तथा मुक्तकहरू प्रस्तुत भएका थिए । स्रष्टा बलराम दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सुमी लोहनी, बलराम दाहाल, पुण्य आचार्य, प्रेम ओली, जीवराज बुढाथोकी रसिक, मेदनी कुमार केवल, दामोदर नेपाल, रविन्द्र आशिष शैली, रामकृष्ण शर्मा, प्रभाकर पाण्डे, रिचा, ललिता दोषी, प्रीति कौर, लक्ष्मी श्रेष्ठ, जीवन घिमिरे, पवित्रा घिमिरे लगायतका स्रष्टाहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए ।

वाचित सिर्जनामाथि बामदेव शर्माद्वारा समीक्षामूलक टिप्पणी गरिएको थियो भने कार्यक्रमलाई रघुनाथ अधिकारीले सञ्चालन गरेका थिए ।

–टिपनटापन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x