यो तिम्रो सहरमा सबथोक बिकाउ छ मृत्यु मसानघाट र शोक बिकाउ छ ।
उदाङ्गै उदाङ्गो भिडहरू माझ नगरबधु बेरोकटोक बिकाउ छ ।
अन्धकारको के कुरा यहाँ दिउसैसडक पेटीहरूमा भोक बिकाउ छ ।
एकपछिका हरेक तीन शुन्यहरूसँगहाकिमको प्रत्येक तोक बिकाउ छ ।
अचेल रहरहरूमा खेलबाड छसपना जस्तै यहाँ लोक बिकाउ छ ।
Δ
Fitkauli