साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल मुक्तक– २

Nepal Telecom ad

हुलिया

दर्शन दिने वाचा गर्नेको बसेको छु पालो
आज्ञाकारी समूहभित्र बजाइँदैछ जोडले रालो,
टेन्डर, गोष्ठी, ठेक्का, भ्रमण सबै मन्त्रीजीको सालो
सिद्धान्तनिष्ठ भनाउँदाको डङ्गुर रै’छ भित्रै कालो ।

परिचय

दौरासुरुवाल, कोट, टोपी भित्र ला’को भोटो
तिम्रो हाम्रो गोठालाको व्यवहार सारै खोटो
अभाव र तृष्णा जति सबै हाम्रा भागमा
मीठो खान्छ, राम्रो लाउँछ शरीर उसको मोटो ।

हाम्रा प्रतिनिधि

कहिले कुटाकुट गर्छन् संसदमै
कहिले फुटाफुट गर्छन् पार्टीमा
भत्ता, नाफा र सुविधाका लागि
मस्किँदै मुखामुख गर्छन् ।

पोसाक

गुन्युचोली हराएछन् हिजोआज
माइक्रो मिडीकै जीत भो
साडीचोलाहरू फ्लप हुँदै जाँदा
पारदर्शी पोसाक नै हिट भो ।

समय

समान अर्थ बोक्छन् जिन्दगी र काँचका चुराहरू,
काम गर्न नसक्नेले कोरल्छन् केके कुराहरू,
समय हिजो जस्तो छैन आज बदलिएको छ,
ध्वाँस दिन्छन् बूढा बालाई जुँगा नउम्रेका भुराहरू ।

कर्तव्य

अब देश खोक्रिँदैंछ समस्याका छन् रासहरू
बन्द, आन्दोलन र तोडफोडले निम्त्याएको छ भासहरू
विकास नफल्ने भैगो, उन्नति चौपट बनेपछि–
बन्जर भूमिमा कसले चलाउने हलो ?
कसले लगाउने चासहरू ?

अन्तर

युद्धको हंकीडंकी छ अचेल,
बुद्ध कुक्रुक्क कक्रिएको कुनामा,
इमानदारहरू पाखा लागेका छन्
बेइमान निर्धक्क डुक्रिएको– मैदानमा ।

मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x