साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा नेता

Nepal Telecom ad

पुच्छर बाङ्गो देखे पनि हाँस्छन् हाम्रा नेता,
कुखुरो जस्तै दिनैभरि बास्छन् हाम्रा नेता ।

प्रकृति अनि खोला नदी सम्पती हुन् हाम्रा,
पाउँदा खेरी नाङ्गै पारि मास्छन् हाम्रा नेता ।

बिहान जाँदा हुन्छ खाली बेलुकी झोला भरि,
नेपाल नाम जप्दै बोक्रा तास्छन् हाम्रा नेता ।

बिपत पर्दाखेरी मात्र लक्ष्मण रेखा चिन्ने,
बाउको नाता तल गई गाँस्छन् हाम्रा नेता ।

परम पुज्य तिमी नै हौ देखाऊ दया मालिक,
दक्षिण भक्त हुँदै बिल्ला टाँस्छन् हाम्रा नेता ।

झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x