खगेन्द्र नेउपानेधुवाँ
बल्न नसकेका
काँचा दाउराका अगुलटाहरू
र
चिसो चुल्होबाट निस्कने
बिकार मात्र कहाँ हो र धुवाँ
यो त
स्वाथीहरूको आँखाबाट
फोस्रो अभिमान बनेर पनि निस्कन्छ
लुच्चाहरूको मन मस्तिस्कबाट
निकृष्ट स्वार्थ बनेर पनि निस्कन्छ
धुवाँ त विकारको रूप हो
तुष र अन्योलता हो
रुढीवाद र अन्धविश्वास हो
ईस्र्या र बैमनस्यता हो
राग र द्वेष हो !
हिजो आज
धुवाँभित्र
विवस मनहरू देखेको छु
रुमल्लिएर अन्योलतामा
आफू र आफ्नादेखि
टाढिएकालाई भेटेको छु
अहो,
कस्तरी ईस्र्या र द्वेष पालेर मनभरी
आफ्नै अस्तिव भत्काउँछन् मानिसहरू
तर
त्यो धुवाँमा रुमल्लिनेहरू
अनाथ र असहायहरू नै हुन्छन्
भोका र नाङ्गाहरू नै हुन्छन्
दुखी र दरिद्रीहरू नै हुन्छन्
त्यसैले त
कसैले पनि
मनभरि
आँखाभरि
इष्र्या र द्वेषको
धुवाँ बोकेर हिँडन हुँदैन
बुद्धको आँखा अगाडि
नरसंहारको लीला हुनुहुँदैन !
धुमबाराही, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































