साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाहालका दुई दनक

Nepal Telecom ad

१. नौटङकी जाम

संसदको जाम भन्छ— ‘हामी पनि खाम्’
गैर— बजेट यतातिर— ‘छेलोखेलो पाम्’ ।
जनताको पिरै छैन— ‘आफैं गरौं हाम्’
तब मात्र खुल्न सक्छ— ‘संसदको जाम्’ ।।१।।

सिद्धान्त र विचारलाई, पारियो सुकुटी
वाद, दर्शन घाइते भए, आ–आफूले लुटी ।
संसदको अवरोध ‘नौटङकी’ हो जान
प्रतिपक्षी सबै मिली, गैर बजेट तान ।।२।।

२. जागिर छोड

के बन्ला नव— संविधान यसरी, गर्छन् रडाको सधैं
के बन्ला जन— संविधान यसरी, दायित्व बिर्सी सबै ।
ठालू चिन्तनका अगस्ति गण छन्, मात्रै भकुर्ने मन
राहू— केतु— शनी समान ग्रह छौ, हे कुम्भकर्णे जन ।।१।।

कैल्यै बुद्धि नआउने खल भये, मात्रै पिपासा धन
नाता चाकरका विमर्श पिउने, कस्तो छ सानो मन ।
देशै बन्दी बनाउने नियतका, हे स्वार्थका माकुरा
जागीरे अब छोड जागिर तिमी, खुल्छन् नयाँ— आँकुरा ।।२।।

धादिङवेंसी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x