साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाती रैछ

Nepal Telecom ad

घरकी जेठीभन्दा पनि सहरकी कान्छी जाती रैछ
गाउँको एक्लो रामे सहरमा सवको मिल्ने साथी रैछ
घर फिर्ने समय उसको बाह्र बजे राती रैछ
भट्टिवाल्नी साहुनी उसलाई कान्छी भन्दा जाती रैछ ।

गाउँको दही दुधभन्दा पनि खोयाबिर्के जाती रैछ
यो सहरमा ट्वाकेन्द्र एउटा सबैको मिल्ने साथी रैछ
धनी बाउका छोराहरूको खोराक साह्रै माथि रैछ
अरुभन्दा कोदोको झोल उसलाई साह्रै जाती रैछ ।

आधा रातसम्म पनि रामे आज माति रैछ
विउँझिदा त अँगालोमा कुकुर पनि साथी रैछ
अमृत पान भनि खाको थोत्रे जुता काती रैछ
घरको ओछ्यान भन्दा पनि सडकपेटी जाती रैछ ।

शिवगञ्ज– १, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिसाब गोलमाल

हिसाब गोलमाल

भिजन गुरागाइँ
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x