सुमी लोहनीब्रम्हानन्द
अब चैँ साँच्चै नेपाल नगरीका बडा मानुष उत्पादन गर्ने प्mयाक्ट्रीका बडा मालिक ब्रम्हपुर निवासी श्री चतुर्मुखानन्दज्यू बूढा भए जस्ता छन् । त्यसैले त होला हिजो जनतन्त्र, गणतन्त्र, लोकतन्त्र आदि के के जाति तन्त्र मन्त्रेर ‘छु मन्तर’ गरी नेपालीको भाग्योदय गर्छौं, विकास गरेर देशको मुहार फेर्छौं भनेर बकम्फुसे बकबास गर्नेहरूको देहका पाटपुर्जा गलत तरिकाले फिट गरेका । सबैभन्दा पहिला त ब्रम्हानन्द बाले अधिकांशको ढुकुरे छातीभित्र स्वाभिमान भन्ने कुरोको नाम निसानै राख्न भुसुक्कै भुलेछन् भन्दा नि फरक नपर्ला । धार्नीको खप्पराँ सही गलत, ठीक बेठीक छुट्ट्याउन एक छटाक विवेक भन्ने कुरोको गुदी गिदीमा हाल्द्या भए पाका बूढाबाको के बिग्रिन्थ्यो होला । अनुहारको टोड्काँ आपूm र आप्mनालाई मात्रै देख्ने अरुलाई देख्दै नदेख्ने आँखा हो कि काँचको गुच्चा हो चैँ किन फिट ग¥या होलान् ? आप्mनो प्रशंसा, प्रशंसा सिर्फ प्रशंसा मात्रै सुन्न सक्ने अरुका सही कुरा पनि नसुन्ने भएपछि कानेगुजी भरिएको कानको दुलोको के काम छ भनेर बना’का हुन् कुन्नि ! खान र जे जिब्रोमा आउँछ त्यही बक्नको लागि मात्रै भनेर मुख किन बनाउनु प¥या थ्यो र भन्या ? काम नगर्ने भएपछि लुट्न, चुट्न र कोच्न मात्रै हात किन पो चाहियो । अरुलाई लछार्दै, पछार्दै, हकार्दै, खदार्दै आपूm नै अगाडि बढ्नका लागि खुट्टा किन बनाका होलान् ? जे जति खाए पनि कहिल्यै नभरिने अगस्तीको जस्तो उदर नबना’को भए कति राम्रो हुन्थ्यो होला हगि ! मनमा चैँ नैतिकता, इमान्दारिताको सट्टामा भ्रष्टता, स्वार्थता, अवसरवादिता जस्ता सद्गुणहरू फिट गरेछन् ।
लौ अब तपैँ आफैँ भन्नुस् त यदि चतुर्मुखानन्दले सबै कुरा ठीक र सही फिट ग¥या हुन् भने हाम्रो देशका बडा मान्छे किन यस्ता ? छैन भने कसैलाई यस्ताको के आवश्यकता ? गरिदिऔँ सबै मिलेर बेलैमा यस्तालाई बेवास्ता । मेरा कुरा तपैँलाई कस्ता लागे भन्नुस् त खुलस्त ?
अब लोकतन्त्र आ’को देशाँ मनपरीतन्त्र आ’को जसरी अष्टनयनामुखजीले बडा महामानवज्यूहरूको जिउज्यानको पाटपुर्जा फिट गरेपछि उनैसँग फरियाद त गर्नै प¥यो र भन्न करै लाग्यो– ‘हे मनुवा प्mयाक्ट्रीका मुख्य मालिक महोदय ! आजसम्म तिमीले जे गल्ती ग¥यौ, ग¥यौ अब त्यो गल्ती नदोहो¥याऊ । सक्छौ भने हाम्रा लागि सब अङ्ग–प्रत्यङ्ग ठीक र सही भएको एउटा ‘ठीक र फिट’ मान्छे बनाइदेऊ, केवल एउटा मान्छे । जसले सिर्फ देश र देशवासीका लागि काम गरोस् । साँच्चिकै गर्ने भए र मनैदेखि गर्न चाहे राम्रो कामको अगुवाइ गर्न एक मान्छे नै काफी हुन्छ किनभने अरु सबैले त पछि लाग्दै अगुवालाई सघाउने मात्रै हुन् । यदि यस्तो गर्न सक्ने सामथ्र्य भ’को मान्छे बनाउन सक्दैनौ भने ब्रम्हानन्द बा ! अर्थ न बर्थका दुई खुट्टे जीव बनाउन बिजी हुनुको सट्टा नेपालका बडा मान्छे बनाउने कामबाट रिटायर्ड होऊ र वृद्ध भत्ता खा’र आराम गरेर ब्रम्हपुरको बाक्लो बिछ्यौनामा घुर्दै बस् ल ! अब चैँ ढिलो नगरौँ हाम्रो व्यवस्था हामी आफैँले गरौँ । कि कसो हो ?
भाटभटेनी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































