साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ, हामी तानातान गरौँ !

Nepal Telecom ad

आऊ, हामी तानातान गरौँ !
जीवनाथ अधिकारी
तिमीले सके तिमी तान,
मैले सके म तान्छु
जसले सक्छ उसले तानौँ,
आऊ, हामी तानातान गरौँ !

तिमी हातपट्टि तान
म खुट्टापट्टि तान्छु
म हातपट्टि तान्छु
तिमी खुट्टापट्टि तान
आऊ, हामी तानातान गरौँ !

तिमी आधा अङ्ग च्यातेर लैजाऊ
म बाँकी अङ्ग च्यातेर लान्छु
तिमी एउटा सिङ भाँचेर लैजाऊ
म अर्को सिङ भाँचेर लान्छु
आऊ, हामी तानातान गरौँ !

तिमी मुटु चिरेर लैजाऊ
म कलेजो चुँडेर लान्छु
तिमी फियो छियाछिया पार
म पित्त धुजाधुजा पार्छु
आऊ, हामी तानातान गरौँ !

तिमी खुट्टा बाँधेर तान
म घाँटी थिचेर तान्छु
तिमी बोली निःशब्द पारेर थिच
म ढुकढुकी बन्द गरेर थिच्छु
आऊ, हामी तानातान गरौँ !

तिमी आगतको मुन्टो निमोठ
म विगतका पाउ बटार्छु
तिमी मेरा घरमा मट्टीतेल छर्क
म तिम्रा घरमा आगो लगाउँछु
आऊ, हामी तानातान गरौँ !

तिमी समुद्रलाई पुर्न थाल
म हिमालको शिखर भत्काउँछु
तिमी पुलका लठ्ठाहरू काट
म नहरका बाँध भत्काउँछु
आऊ, हामी तानातान गराँै !

तिमी सत्यलाई झुठो बनाऊ
म झुटोलाई सत्य बनाउँछु
तिमी कालोलाई सेतो भन
म सेतोलाई कालो भन्छु
आऊ, हामी तानातान गरौँ !

तिमी पन्ध्र दिन बन्द गर
म पन्ध्रदिन बन्द गर्छु
तिमी भोकाहरूको पेट खोस
म नाङ्गाहरूको आङ खोस्छु
आऊ, हामी तानातान गरौँ !

तिमी मलाई अपशब्दले गाली गर
म तिमीलाई तिनै शब्द फिर्ता गर्छु
तिमी मेरा पिठमा छुरा हान
म तिम्रा छातीमा खुकुरी बर्साउँछु
आऊ, हामी तानातान गरौँ !

तिमी मलाई घृणा गर
म तिमीलाई पीडा दिन्छु
तिमी मसित द्वेष उमार
म तिमीलाई क्लेश थुपार्छु
आऊ, हामी तानातान गरौँ !

तिमी र म उत्तर–दक्षिणको फरक छौँ
त्यसैले हामी मारामार गरौँ
अप्रत्यक्षतः हाम्रो व्यवहार समान छ
त्यसैले मिलेर शेष सिध्याऊँ
आऊ, हामी तानातान गरौँ !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका सारद हुन्

पाका सारद हुन्

जीवनाथ अधिकारी
मालामाल कमाल

मालामाल कमाल

जीवनाथ अधिकारी
थुक्क मान्छे ! तँ मर्छस्

थुक्क मान्छे ! तँ...

जीवनाथ अधिकारी
सन्तोष /असन्तोष

सन्तोष /असन्तोष

जीवनाथ अधिकारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x