साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार छेस्का

Nepal Telecom ad

१.
पासा जाल सकेसम्म फेकिँदैछ ऐले
दर्शनको नारा भीड देखिँदैछ ऐले
सु–शासनको नयाँ भाका झिकीझिकी
अन्धाहरूलाई ऐना बेचिँदैछ ऐले ।

२.
इज्जत जान्छ भनी कति डर मान्छन्
आत्मा झुकाउने तिखो सर मान्छन्
लाज, घिन मान्छौँ हामी तर ठूला–वडा
दलालीलाई ईश्वरकै वर मान्छन् ।

३.
भत्काएर बार पाटी उरालेर देश
सार्वजनिक सम्पत्तिलाई पार्दै ध्वंश ध्वंश
किन ? भन्दा राष्ट्रोत्थान गरिरेछौँ भन्छन्
एउटा लाग्छ जरासन्ध अर्काे हुँदै कंश ।

४.
राष्ट्रियता चिथोरेर सातो लानेहरू
फरिया र पेटिकोट ओढी जानेहरू
यतिखेर फणा उठाई गोमनझैँ बन्दै
राष्ट्रवादी हुँदैगा’छन् देश खानेहरू ।

निर्माेहीनगर, चन्द्रनिगाहपुर
रौतहट ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x