साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पेशलका स्पेसल ठोक्तक

Nepal Telecom ad

१.संस्कृति
संस्कृत लोप भएपछि संस्कृति हरायो
लोकगीत मुर्झायो पप करायो
ड्रमसेट र गिटारले हकारेपछि,
विचरा मादल थुर्थुर् डरायो ।

२. शिक्षा
नेपालको सरकारी शिक्षा उजाडिएको डाँडो भो
पार्टीका भाँड र भतुवालाई जागिर खाने भाँडो भो
प्रत्येक वर्ष स्तर झरेको छ झरेको छ,
कसैले ठेगान नलगाउने यो कस्तो घाँडो भो ।

३.वास्तविकता
सामथ्र्य उस्ताको उस्तै छ
आवश्यकताले सगरमाथा छोइसक्यो,
महङ्गीको दुन्दुभी सुनेर
यहाँ हरेकको जीवनै रोइसक्यो ।

४. चाकरीको फूल
यहाँ बनावटी योग्यताको हुरी चलेको छ,
संस्कृति अनास्थाको दियो बलेको छ,
सबैलाई मालामाल हुने इच्छा जागेर होला,
चारैतिर सोर्स र चाकरीको फूल फुलेको छ ।

५. उजुरी
निरङ्कुशताले निकै लामो समय हामीलाई दप्कायो,
दिशाहीनताले पनि डरलाग्दो गरी हप्कायो,
महङ्गीले त छ्याप्पछ्याप्प गरेरै छप्कायो,
जब सजिलोसँग
बाँच्ने वातावरण आएको थियो खुसीहरू अरुले नै चप्कायो,
खुसी खोसिएको उजुर कस्ले पो सुन्ने हो ?
इच्छा लुटिएको उजुर कस्ले पो लिने हो ?

६. चेलीको रहर
एउटा रहर अरब पसेको छ ।
घरखेतमै लुट्पुटिएर
अर्को रहर व्यवहारमै फँसेको छ ।
रहरलाई रहरमै राखेर
तेस्रो रहर सहरमा बसेको छ ।
आँसुको पोखरीमा पौरी खेल्दै
चेलीको रहर वेश्यालयमा खसेको छ ।

मन्थली क्याम्पस, मन्थली, रामेछाप

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फिरादपत्र

फिरादपत्र

पेशल आचार्य
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
0
Would love your thoughts, please comment.x
()
x