साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

Nepal Telecom ad

१.
जुनको पनि आँसु झर्छ तारा रोए पनि
काठमाण्डुलाई के मतलब छ खारा रोए पनि
रगतको टीका लगाई लासमा टेकिआयौ
सिंहदरवार हाँसे भैगो सारा रोए पनि ।

२.
यसपालि मैले, धारा हैन, मूल बनाउँछु भन्छन्
जनताको लागि, काँडा पनि, फूल बनाउँछु भन्छन्
जहाँसुकैका, नेता उस्तै, मिठो भाषण गर्छन्
खोलै नभाको, ठाउँमा पनि पुल बनाउँछु भन्छन् ।

३.
सेताम्य त्यो हिमाल पनि नाङ्गो पाखो डाँडो भएको छ
सहिदको नाम नेताज्यूलाई कमाइखाने भाँडो भएको छ
जसलाई पनि नबुझेर हत्तपत्त विश्वास गर्न हुन्न
कुन दिन उसलाई साथी भने अचेल मलाई घाँडो भएको छ ।

४.
आफ्नो स्वार्थ पूरा गर्न दुस्मनसँग काँध जोडिन्छ यो देशमा
स्वार्थ पूरा नभएमा भाइसँग नाता तोडिन्छ यो देशमा
विरामीलाई डाक्टरले त अपराधीलाई यी नेताले बचाउँछन्
घुस खाएर जेल पर्नेलाई घुस खाएरै छोडिन्छ यो देशमा ।

५.
नेपालीलाई विदेशीले किचे पनि, चुप
साम्राज्यवाद विस्तारवादले थिचे पनि, चुप
बुद्ध सन्देश शान्त हुनु द्वन्द्व नगर्नु
चारैतिर सीमाहरू मिचे पनि, चुप ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x