साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन आगो किन सल्कायौ ?

Nepal Telecom ad

आगो किन सल्कायौ ?

धुवाँ किन निकाल्यौ ?
न खाना बनायौ
न ढाड सेकायौ
रुख किन ढाल्यौ ?
फल पनि खान दिएनौ
दाउरा पनि लान दिएनौ
आगो सल्कायौ
धुवाँ निकाल्यौ
न खाना बनायौ
न ढाड सेकायौ !
रुख ढलेपछि घर बन्छ भन्थ्यौ
आगो बालेपछि खाना पाक्छ भन्थ्यौ
खै त घर ?
खै त खाना ?
बस्तीभरि धुवाँ फैलाएर के पायौ ?
रुखमा चराचुरुङ्गी बस्थे
रुखमा फुल फुल्थ्यो र फल लाग्थ्यो
बटुवा शीतल ताप्थे
न चरालाई बस्न दियौ
न फुल फुल्न दियौ
न फल लाग्न दियौ
बटुवाको छहारी खोसेर के पायौ ?
भन रुख किन ढाल्यौ ?

रुख किन ढाल्यौ ?
र मन जस्तै टुक्रा टुक्रा किन बनायौ ?
आसा बाँडेर आसन किन जमायौ ?
चराहरूको बास मासेर
भोकाहरूको आँसु मासेर
आश्वासन बाँडेर र मन भाँडेर
भन रुख किन ढाल्यौ ?
भन आगो किन सल्कायौ ?

आफू आसन जमाउन आसा बाँड्नेहरू
धुवाँका लागि आगो सल्काउनेहरू !
भन रुख किन ढाल्यौ ?
र आगो किन सल्कायौ ?

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x