मीनप्रसाद लामिछानेकसरी विश्वास गरुन् तिनी ?
अहिले त नयाँ वर्षको गीत पनि बन्द भैसकेको थियो, उनको लोग्ने उठेर भात नदिएको आरोपमा सधैं जस्तै उनीलाई जगल्ट्याउदै बाहिर गैसकेको थियो ।

तीर्थ काेइराला :
बिहान उठ्दा भोक लागिरहेथ्यो
भाँडामा चामल थिएन हिजो जस्तै,
नयाँ वर्षको स्वागत गीत
चर्को स्वरमा सुनिदै थियो ।
बाटो हिलै थियो,
माटो गिलै थियो,
घाम लागेको थिएन
सानो छोरो पनि भोकले रुदै थियो ।
सानो छोरोलाई पखाला चलेको थियो
‘जीवन जल’ किन्ने सामर्थ्य थिएन ।
पुरोहित बाजे संक्रान्तीको सिदा लिन
मन्त्र फलाक्दै आइपुगेका थिए
घरमा एक मुठी चामल थिएन
अघिल्लो दिन रक्सी खाएको मातले नछोडेर
घरको लोग्ने, भित्र घोप्टो परेर घुरिरहेको थियो ।
घर लिपेको पनि थिएन
फूल टिपेको पनि थिएन
किनकि
छोरी, हराएको थिई,
छोरो ‘लाहुर’ गएको
अझै फर्केको थिएन ।
कसरो विश्वास गरुन् तिनी ?
किनकि
अहिले त नयाँ वर्षको गीत पनि
बन्द भैसकेको थियो,
उनको लोग्ने उठेर
भात नदिएको आरोपमा
सधैं जस्तै उनीलाई जगल्ट्याउदै
बाहिर गैसकेको थियो ।
०००
२०४२ चैत २५
काठमाण्डौ
Subscribe
Login
0 Comments
Oldest






































