अमर अधिकारीचार खित्कौली
बटुवाः के खालको ओँठी लगाएको हो चोटै लाग्ने किसिमको पाकेटमारः यो पाकेट मार्ने विशेषखालको औँठी हो नि त ! खाेई कुरा बुझ्या ?
अमर अधिकारी :
(पिपल चौतारीमा दुईजना परिचय गर्दै र पेशा बताउँदै)
पहिलोः म चाहिँ पूर्वकर्मचारी अख्तियारको फन्दामा परेको।
दोस्रोः म चाहिँ पूर्वव्यापारी उधारोले डुबाएको।
तेस्रोः म चाहिँ पूर्वशिक्षक क्रान्तिमा लाग्दा जीवन बर्वाद भएको ?
-१-
(चोकमा बसेका मोटरसाइकलवालाले बटुवालाई देखेपछि)
चालकः पठाओ ! पठाओ !!
बटुवाः भाडा घटाओ ! घटाओ !!
-२-
(अङ्ग्रेजी शिक्षिका केही दिनका लागि गाउँबाट सहरमा आएपछि)
सासू: फोहोर किन झ्यालबाट मिल्काएकी बुहारी त्याँ डस्टबिन हुँदाहुँदै ?
शिक्षिकाः त्यसमा त डस्टबिन लेखेको रहेछ मैले त धुलो मात्र त्यहाँ हालिदिएँ। अरु झ्यालबाट मिल्काइदिएँ। डस्टको अर्थ त धुलो मात्र हुन्छ नि आमा !
-३-
(औँठी लगाएकासँग ठोक्किएर चोट लागेपछि)
बटुवाः के खालको ओँठी लगाएको हो चोटै लाग्ने किसिमको
पाकेटमारः यो पाकेट मार्ने विशेषखालको औँठी हो नि त ! खाेई कुरा बुझ्या ?
-४-
(तरकारी पसलमा)
ग्राहकः बन्दा किलोको कति हो
पसल्नीः चालीस रुपियाँ।
ग्राहकः पचासमा हुन्न
पसल्नीः साहुजीलाई सोध्छु है त !
-५-
०००
खुंग्री, रोल्पा। हालः बुढानिलकण्ठ, काठमाडौँ ।
Subscribe
Login
0 Comments
Oldest





































