साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समयको तस्वीर

Nepal Telecom ad

यौटा ख्याउटे झिँगेमाछो
ठूला माछाहरूको अगाडि
हात थापेर
न्याय मागिरहेछ !
न्याय
आँखामा कालो पट्टि बाँधेर
दिव्यदृष्टिको हवाला दिंदै
लमतन्न र लम्पसार
तराजुमा झुन्डिरहेको छ !
शक्ति –भक्ति भए हुन्छ !
भक्ति –शक्ति भए हुन्छ !
शक्ति र भक्ति दुवै नभएका
झिँगेमाछाको पक्षमा
न ठूलो माछा छ
न न्याय छ
न तराजु छ
छ त केवल उही दृश्य छ
सदियौंदेखि पूर्ववत्–
यौटा झिँगेमाछो
ठूला माछाहरूको अगाडि
हात थापेर
न्याय मागिरहेछ !

पोखरा

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x