साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भूतपूर्व प्रेमिकाको पत्र : रविन्द्रनाथ त्यागी

Nepal Telecom ad

डियर रवि, 

आज राति मैले सपनामा तिमीलाई फेरि देखेँ जसका कारण म यो पत्र लेख्दैछु । सपना पुरानो थियो, पुराना दिनहरू थिए ती र बितेका रातहरूको सचित्र संस्करण थियो त्यो सपना । तिमी र म अघिल्लो पटकजस्तै आत्महत्या गर्नका लागि बसपार्कको मुखैमा लमतन्न सुतेर महाकवि देवकोटाको कविता “आखिर श्रीकृष्ण रहेछ एक” गाउँदै थियौँ । जब बसपार्कबाट बस बाहिर निस्किएर बाटोमा हामी लडेको देखेर हर्न बजाउँदा हामी दुबैले एक अर्काको हात अझ जोरले पक्रेका थियौँ जसले गर्दा प्रेमका यज्ञमा आफूलाई आहुति दिने समयमा हाम्रो हिम्मत नटुटोस् । बसले दोस्रो पटक हर्न बजाउँदा हामी समाजलाई सराप्थ्यौैँ किनभने त्यो समाजले हामीलाई एकाकार हुन दिँदैनथ्यो । तेस्रो पटक जब लामो हर्न प्वाँ प्वाँ पार्दै हामीतिर बढ्दै चम्किलो प्रकाश हाम्रो अनुहारमा पोखेपछि आत्तिँदै हामी उठेर स्वाँस्वाँ गर्दै नजिककको चिया पसलमा पुगी चिया विस्कुट खाएका थियौँ । आत्महत्यापछि बहुत भोक लाग्दो रहेछ हगि ?

त्यसपछि तिमी विदेशियौ र त्यतै अरु कसैसित प्रेम गर्न थाल्यौ । तिमी बेकार कहिल्यै भएनौ । कस्तो संयोग ! हामी दुवै त्यसपछि दाजुवहिनी भयौँ, भाइटीका गर्ने सोच्यौँ । तिम्रै सल्लाहमा त्यसपछि मैले एउटा घरानियाँ केटासित बिहे गरेँ । आमा बनेँ, बन्दै गएँ । अहिले आधा दर्जन सन्तान छन् । अब पछि कस्तो स्थिति आउला पत्र मार्फत जानकारी गर्दै रहूँला ।
इश्वरले मलाई सबथोक दिएको छ । सुन्दर पति छन्, ठूलो महल, शानदार फर्निचरहरू छन् र आधा दर्जन बच्चाहरू । सबै थोक छ मसित तर तिमी नहुँदा के के नपुगेको जस्तो लाग्छ । म पूरै सुखी छु त्यसैले तिमीसित सोध्छु– के सुखी हुनु नै मात्र नारीको नियति हो र ?

अहिले मेरो पतिको विदेश जाने कुरा छ, तिमी रहेकै देशमा । म पनि शायद आउँछु तिमीसित भेट गर्न जसले गर्दा मैले चाहेको कुरा पाउँछु । मौका मिल्यो भने फेरि आत्महत्या गर्न सँगै जानुपर्छ । “अस्ताउँदो सूर्य, मस्त गगन– माथि आकाश, तल तिमी र म तर त्यतिबेला भने मैले बसको पहिलो हर्नमै उठ्नुपर्छ नि ! आत्महत्या गर्दा किनकि म अहिले धेरै मोटाएकी छु– छिटो दौडिन सक्दिन । विवाह अगाडि डेटिङ् हुन्थ्यो भने विवाह पछाडि डाइटिङ् भएकाले जीउ भद्दा भयो । पत्र लामो भयो– अन्तमा मेरो यार आउँदा ऐनामा हेरेर आफ्नै प्रतिविम्व चुम्नु । ऐना नै चुम्नु सेभिङ् व्रस र सेभिङ् मेसिन कहिल्यै नचुम्नु । ल त विदा !

उही तिम्री
अनामिका

अनुवाद : नीलकमल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x