साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डरलाग्दो खुशी

Nepal Telecom ad

एउटा थोत्रो मित्रले भोजनको लागि निम्त्यायो । प्रजातन्त्रको पुनर्वहाली पछि उसले कहिल्यै यसरी निम्त्याएको थिएन । यस अवधिमा उसको मसित भेटघाटै थिएन । जेहोस्, कर्मले नभए पनि जन्मले बाहुन बाजे भा’हुनाले हो कि, भोजको निम्तो पाएर खुशी नै लाग्यो, सुखद आश्चर्य !

उसको पहिलेको रामझुपडी त अब राममहल भैसकेको रहेछ । उसको घरमा पुग्नासाथ लक्ष्मीजीको खुट्टा ठनक्कै भाँचिएछ क्यारे, उनी त्यहीँ बसिन् । सर्वत्र सम्पन्नताको साम्राज्य !

कुखुराको कवाफ क्वाप्प पार्दै कोट्याएँ– “यार ! तँ त जहिले पनि असफल व्यापारी थिइस् ! कसरी लक्ष्मीजीलाई फकाइस् ?” उसले मुसुमुसु हाँसेर भन्यो “यो विजनेस सिक्रेट” हो ! उसले जवाफ नदिउन्जेल मैले कवाफ खान छाडिन् ।

यसको मुखमा कवाफको बुजो लाउनुभन्दा त जवाफकै बुजो लाउनु सस्तो पर्ला भन्ठानेर वाध्य भई मित्रले भित्रको रहस्य खोल्यो, “के गर्नु यार तँलाई त थाहै छ आफू त जुनसुकै विजनेसमा पनि असफल ! सुन छोए माटो हुने ! हैरान हैरान भएर प्रजातन्त्रको पुनर्वहालीपछि थोत्रा टायर ट्यूवको पसल थापेँ । पार्टीहरूले महिनामा बीस दिन बन्द र मशाल जुलुस गर्न थाले । सडकमा अवरोध गर्न ठुल्ठूला टायर किनेर लान्छन् । मसाल जुलुसका लागि साइकल र रिक्साको टायर नभई नहुने । पहिले जुन चिज थियो बेकामी, त्यो अहिले भयो दामी ! लक्ष्मीजीको दया, राम्रै चलेको छ ! यति भनेर ऊ हें हें हें हें गर्न थाल्यो ।

मशाल जुलुसले अरुको स्वास्थ्य बिग्रिए पनि आफ्नो मित्रको आर्थिक स्वास्थ्य ठिक भएकोमा मलाई डरलाग्दो खुशी लाग्यो ।

हाल, थानकोट, काठमाडौ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x