साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला

Nepal Telecom ad

झम्के साँझमा
ढक्ढकायो कसैले मेरो डेराको ढोका
चुकुल खोलेर हेरेँ
सङ्घार छेउमै देखियो एउटा अनौठो झोला
र भन्यो–
‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ !’
देखेँ, त्यो झोलामा थियो
चे ग्वेभाराको रातो तारा अङ्कित टोपी
त्यही झोलामा थियो
महात्मा गान्धीको चश्मा र सुकिलो धोती
त्यहीँ थियो गौतम बुद्धले ओडेको चिवर
र श्री ३ जङगबहादुरले चलाएको तरबार
सँगसँगै थिए–
कम्युनिस्ट घोषणापत्र र श्रीमती थ्याचरको हस्ताक्षर
माओ त्से तुङको फोटो र सन्नी लियोनको पोस्टर
स्टालिनको घोप्टे जुँगा र ट्राटस्कीको जुरेली कपाल
लेनिनको ओभरकोट र ख्रुश्चेभको गोप्य डकुमेन्ट
झोलाबाहिर घुमिरहेका थिए जुनकीरीजस्ता लामखुट्टेहरू
झोलाभित्र छटपटाइरहेका देखिन्थे कलिला ताराहरू
झिलमिल–झिलमिल चम्किरहेको थियो झोला घरिघरि
र फेरिरहेको थियो आकार अमिबाले झैं
झोलाभित्र चलमलाइरहेको थियो केही घरिघरि
र छोडिरहेको थियो वासना कुनै धुपको झैं
‘मेरै डेरामा
कहाँबाट आयो यस्तो मायावी झोला ?’
ढोकाभित्रैबाट फुसफुसाएँ म आफैसँग
तर झोला
अचानक देखिन थाल्यो नृसिंह अवतार जस्तो
र छिर्न खोज्यो बिस्तारै सङ्घारभित्र
मैले ढप्काइदिएँ ढोका र चिच्याएँ जोडले–
‘ए ! कसको हो यो औतारी झोला ?’
बाहिरबाट आइरहेको थियो मसिनो आवाज–
‘कविज्यू,
म लिन आएको थिएँ तपाईंको नयाँ कविता ।’

‘नेपाल’ साप्ताहिक २०७१ भदौ ८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झोला

झोला

सङ्गीत स्रोता
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x