साइबर अपराध सम्बन्धी सचेतना सामग्री

झोला

Nepal Telecom ad

झम्के साँझमा height=
ढक्ढकायो कसैले मेरो डेराको ढोका
चुकुल खोलेर हेरें {{read_more}}
सङ्घार छेउमै देखियो एउटा अनौठो झोला
र भन्यो–
‘गुड इभिनिङ कविज्यू, गुड इभिनिङ !’

देखें, त्यो झोलामा थियो
चे ग्वेभाराको रातो तारा अङ्कित टोपी
त्यही झोलामा थियो
महात्मा गान्धीको चश्मा र सुकिलो धोती
त्यहीं थियो गौतम बुद्धले ओडेको चिवर
र श्री ३ जङ्गबहादुरले चलाएको तरबार

सँगसँगै थिए–
कम्युनिस्ट घोषणापत्र र श्रीमती थ्याचरको हस्ताक्षर
माओ त्से तुङको फोटो र सन्नी लियोनको पोस्टर
स्टालिनको घोप्टे जुँगा र ट्राटस्कीको जुरेली कपाल
लेनिनको ओभर कोट र खु्रश्चेभको गोप्य डकुमेन्ट

झोलाबाहिर घुमिरहेका थिए जुनकीरीजस्ता लामखुट्टेहरू
झोलाभित्र छटपटाइरहेका देखिन्थे कलिला ताराहरू
झिलमिल–झिलमिल चम्किरहेको थियो झोला घरिघरि
र फेरिरहेको थियो आकार अमिबाले झैं
झोलाभित्र चलमलाइरहेको थियो केही घरिघरि
र छोडिरहेको थियो वासना कुनै धुपको झैं

‘मेरै डेरामा
कहाँबाट आयो यस्तो मायावी झोला ?’
ढोकाभित्रैबाट फुसफुसाएँ म आफैसँग
तर झोला
अचानक देखिन थाल्यो नृसिंह अवतार जस्तो
र छिर्न खोज्यो बिस्तारै सङ्घारभित्र
मैले ढप्काइदिएँ ढोका र चिच्याएँ जोडले–
‘ए ! कसको हो यो औतारी झोला ?’

बाहिरबाट आइरहेको थियो मसिनो आवाज–
‘कविज्यू,
म लिन आएको थिएँ तपाईंको नयाँ कविता ।’

(‘नेपाल’ साप्ताहिक २०७१ भदौ ८)
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
हुर्काऊँ नवपध्दति !!

हुर्काऊँ नवपध्दति !!

कलानिधि दाहाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
म लाछी

म लाछी

हेमराज पन्त
सभ्य सवाई

सभ्य सवाई

डिल्लीप्रसाद मूलतिहुन
0
Would love your thoughts, please comment.x
()
x