साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लेखकको पत्र : रविन्द्रनाथ त्यागी

Nepal Telecom ad

मान्यवर लेखक,
तपाईंको असोज १५ गतेको पत्र प्राप्त भयो । तपाईंको लेखकस्वको रकम हालसम्म प्राप्त गर्न अप्ठ्यारो परिरहेको व्यहोरा अवगत भयो । यस सन्दर्भमा हाम्रो नम्र निवेदन यो छ– तपाईंले लेखकस्व नपाउनुको कारण हामीले नपठाएर नै हो । हामी यहाँ नयाँ प्रेस स्थापना गर्न व्यस्त भयौँ– पचासौँ लाख खर्च भयो । सबै तपाईंहरू जस्तै लेखकहरूको कृपाले यो संभव भएको हो । अब यो प्रेसमा तपाईंहरूको पुस्तक यति सुन्दर रूपरङ्मा छापिनेछ कि समीक्षकहरूले यसलाई पढ्नै पर्दैन । त्यो पुस्तक हेर्नु नै काफी हुनेछ ।

गएको आर्थिक वर्ष आर्थिक हिसाबले ठीक रहेन । तपाईंहरू जस्ता कुनै लेखकहरूका पनि किताब चलेनन् । अघिल्लो वर्ष विक्री भएका भनिएका पुस्तकहरू पनि फिर्ता आए, स्थिति यस्तो रह्यो । एकातिर यस्तो भयो भने अर्कातिर मुसाले साहित्यिक पुस्तकहरू धेरै खाए । पाठकहरूभन्दा बढी मुसाहरू सक्रिय भए ।

यो पत्रसँगै दुई सय अठ्तिस रुपियाँको चेक संलग्न छ । कृपया प्राप्तिको जानकारी दिनुहोला । हामीलाई थाहा छ– यो राशी तपाईंहरू जस्ता लेखकहरूका लागि ज्यादै न्यून हो तर ती लेखकहरू जसले एक पैसा पनि पाएका छैनन् तीतिर पनि ध्यान दिनुहोस् । एउटा कुरा– तपाईंजस्तो लेखकले यस्ता कथा, कविता, व्यङ्ग्य तथा आलोचना– निबन्ध जस्ता अल्छे विधामा मात्र कति अल्झिरहने ? अपराध, सेक्स, बलात्कार–कथा तथा कलेजका गाइड गेस–पेपरहरूतिर किन ध्यान नदिने ? पाठक बढाउन किन नखोज्ने ? यो हाम्रो सुझाव मनन गरी फाइदा उठाउनुहोस् । पाण्डुलिपि राम्ररी चयन गर्न पाण्डुलिपिको सार पनि त लोकप्रिय हुनु पर्यो नि ? होइन र ?
बाँकी पछि ।

भवदीय
द्रव्यप्रसाद

अनुवाद : नीलकमल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
दुई लघु व्यङ्ग्य

दुई लघु व्यङ्ग्य

हरिशंकर परसाईं
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
0
Would love your thoughts, please comment.x
()
x