साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केहि फरक पर्दैन

Nepal Telecom ad

केहि फरक पर्दैन हामीलाई
शासकले श्रीपेच लाउन्
कि टोपीमा आउन्
हामी त केवल रैती न हौँ
एउटाले बोले पनि मार्छ,
अर्कोले खान दिँदैन गफैले टार्छ ।

केहि फरक पर्दैन हामीलाई
शासकले कुरा हुनेखानेका गरुन् कि हुँदा खानेका
हामी त केवल बटुवा न हौँ
एउटाले जाँदा लुट्छ,
अर्कोले फर्कदा बाटो ढुक्छ ।

केहि फरक पर्दैन हामीलाई
शासक व्यालेट लिएर आउन् कि बुलेट लिएर
हामी त केवल वस्तु न हौँ
एउटाले कौडीका भाउमा किन्छ
अर्कोले खोसेर लिन्छ ।

केहि फरक पर्दैन हामीलाई
शासक रावण हुन् कि राम
हामी त केवल सीता न हौँ
एउटाले दासी वनाएर पाल्छ,
अर्कोले जिउँदै आगोमा हाल्छ ।

केहि फरक पर्दैन हामीलाई
शासक पाण्डव हुन् कि कौरव
हामी त केवल द्रौपदी न हौँ
एउटाले जुवामा हार्छ,
अर्कोले सभामा नाङ्गेझार पार्छ ।

हेटौंडा– ४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
अभिसप्त बुढ्यौली

अभिसप्त बुढ्यौली

मीनप्रसाद लामिछाने
पूजापाठ

पूजापाठ

मीनप्रसाद लामिछाने
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
कुकुर पत्ता लाग्यो

कुकुर पत्ता लाग्यो

मीनप्रसाद लामिछाने
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x