साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठट्यौली :: बोक्सी

Nepal Telecom ad

चन्द्र समशेरका समयमा एक महिलालाई बोक्सी भनेर उजुरी पर्दा पक्री ल्याइयो र उनलाई
श्री तीनका सामु पेश गरियो । श्री तीनले सोधे “ए बूढी, के हो तँलाई त बोक्सी भन्छन् नि हो ?”

उनले भनिन् “हो महाराज ।”
अनि फेरि चन्द्रले यौटा हरियो ताजा फर्सीको गट्टा मगाएर “ल त यस फर्सीलाई कुहाएर देखा” भनेछन् । ती महिलाले “महाराज, एक जनाले त्यस फर्सीमा सानो घाउ लगाइदिए म कुहाएर नजर गराउन सक्नेछु” भनिछन् ।

अनि हुकुम बमोजिम एक आठपहरियाले सानो घाउ लगायो र काटी हेर्दा भित्र स्याउँ स्याउँती कीरा परेको देखिएछ । अनि श्री ३ ले “तँ त साँच्चै बोक्सी रहिछेस् । तँलाई किन सजाय नदिने त ?” भनी सोधेछन् ।

अनि उनले भनिछन् “सरकार, कसैको आफ्नो गल्ती नभई म केही गर्न सक्तिन । यही फर्सीमा पनि कसैले घाउ नलाई केही गर्न सकिनँ । तर घाउ लगाएपछि भने कीरा परे । यसैले मलाई किन सजाय महाराज ?”
त्यसपछि चन्द्र समशेरले “भैगो छोडिदिनू” भनेर उनलाई छोडिदिएछन् ।

कमलपोखरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
म्यारेजमहिमा

म्यारेजमहिमा

रमेश खकुरेल
0
Would love your thoughts, please comment.x
()
x