साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मोबाइलको धमाल

Nepal Telecom ad

आजभोलि
मोबाइलकै छ कमाल
मोबाइलकै छ धमाल
दालभात तरकारी जस्तै
मोबाइल नभै भाको छैन
धरोधर्म कतिलाई त
मोबाइल बिना
सौच पनि आको छैन ।

बिहान उठ्यो
मुखै धोएको छैन
मोबाइल पहिले खोज्छ
साइलेन्टमा राखेर साँझ
कहाँ फाल्यो थाह छैन
बिहान हल्ला गर्दै
सबलाई सोध्छ ।

कहिले यो सुटुक्क
छोरीको कोठामा जान्छ
कहिले छोरोले बोकी लान्छ
छोराछोरीको गृहकार्य गर्ने समय
यही मोबाइल खान्छ
पत्रिका लिन जा बाबु भन्यो
टेर्दै टेर्दैन
मोबाइल देला भनी हेर्नुस् न
कसरी काम गर्छ छोराले
काम नसकी सासै फेर्दैन ।

कम्प्युटर, ल्यापटप भन्दा अहिले
मोबाइलकै मान छ
मोबाइलकै शान छ
त्यसैले होला मान्छेसँग
एउटाले नपुगेर
दुईचारै थान छ
एउटा मोबाइल एउटा मुखमा
अर्को खै कता हल्लो गर्ने हो
रिचार्ज गर्दा गर्दा
आफै डल्लो पर्ने हो ।

घरमा गयो
श्रीमतीज्यू माइत कुरा गर्न व्यस्त
छोरो पनि कुनामा बसी
गर्लफ्रेन्डसँग गफ गर्न मस्त
छोरी गेम खेल्न बसेकीे
दुध उम्लिएर पोख्खी सक्यो
कुकरको सिठ्ठी भित्तामा ठोक्की सक्यो
आफू पो भान्सामा फसेको ।

फोन थिँदै थियो
कर्लेक्स थिँदै थियो
यो मोबाइल
कुन बौलाहले बनायो
आपूm त बौलायो, बौलायो
अब सबलाई बौलाहा बनायो ।

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x