साइबर अपराध सम्बन्धी सचेतना सामग्री

फरक पत्र

Nepal Telecom ad

काँधमा बन्दुक बोकेर
उवा हुँदै
नेपाल आइपुगेको छ
एउटा फरक पत्र
युद्धको समाचार लिएर
ठूलाठूला पहाड नाघेर
बर्गीय कथाहरू
बर्गीय गीत र
कविता लिएर
जिउँदो धरहराझैं उभिएर
फरक पत्र
क्रान्तिको सङ्गीत बजाइरहेछ
थुप्रै मैदान जितेका
निबन्धहरू लिएर
फरक पत्र
साम्यवादको पहाड छिचोल्दै
नागार्जुनको आँगनमा
समाचारको बीज छर्छ
झर्नाझैं सुसाउँदै
दुई वर्षदेखि
थिबिया चराझैं
मिठो गीत गाइरहेछ
क्रान्तिको प्रवाहमा

मेरो गुफामा उफ्रिन्छ
भाषाको बगैचामा बसेर
समाचार
रक्तनलीले जस्तै प्रसारण गरिरहेछ
फरक पत्र
शिखर चढेझैं चढेर
मलाई चढिरहेछ
युद्धको पहाडबाट उठेर
उसले चाहेको समाज
गुराँसझैं फुलाउन
सोचाइमा परिवर्तन हुनुपर्छ
फरक पत्र
कल्पनामा हैन
व्यवहारिक हुनु पर्छ
क्रान्तिको मैदानमा
हाम्रा मालिकहरू आँखा चिम्ली रहेछन्
पानीको प्रवाहझैं
लडाई बग्नु पर्छ
जमीन ओगट्न
सपनाको युद्धले
घर बन्दैन
फरक पत्र
तिमी जहाँ उभिएका छौ
एकपटक हेर
अनि समाचार लेख
यति बेला कृषि क्रान्ति चाहिएको छ
मानव युद्ध होइन
खै तिम्रा पृष्ठहरूमा
किसानका पसिनाहरू
लेखिएका अक्षरहरू
फरकपत्र भित्रका हरपहरूमा
किसान सलबलाउनु पर्छ
चौडा भएर फराकिलो हृदय लिएर
तिमी हिँड्नुपर्छ
म तिमी कराएर उफ्रिएरमात्र
परिवर्तन हुन्न
हाम्रो हिँडाइमा
शासन हिँड्नु पर्छ
कानुन हिँड्नु पर्छ
हामीले खनेका युद्धका डोबहरूमा
किसानले रोपेको
सगुन फुलिरहेको हुनु पर्छ
दुश्मनको बाटो छल्न
घटेराले पिनेको सातु बटुलेर
उसको घेराझैं घेरिएर
पिचासहरूको घेरा तोड्नु पर्छ
फरक पत्र तिमीले
तिम्रो समाचार पढेर
वायुवेगसँग लड्न मलाई प्रेरित गरेको हुनु पर्छ
तिमी युद्ध सञ्चार गर्न
नागार्जुनको आँगनीमा आइपुगेका छौ
शिवपुुरीबाट
बघिनीको आँसु हेरिरहेछु
ज्यूँदा स्यालहरूको समाजलाई
पूँजीपति बर्गको तगारो तोडी रहेछु
हेर तिम्रो गुगलबाट
प्रिय
फरक पत्रका
समाचारहरू
क्रान्तिझैं उघारिएर हिँड
आफ्ना बाटाहरू
लड्खडाउँदै
म पनि आउने छु
अभियानमा सरिक हुन
क्रन्तिको डब्बा फेरिनु हुँदैन
झरिला भरिला नानीहरू लिएर
मैले तिम्रो क्रान्तिलाई
देशेमरुझ्याबाट नियाली रहेछु
मेरी नरदेवी
हादिर्कता गरिरहेकी हुने छिन्
मननीय फरक पत्र
सबथोक तिमीमा छ
मेरी बद्रीफूल र
कृष्णफूलहरू पनि
तिम्रो सङ्गीन बोकेर
मनमोहक खुशी बाँड्न चाहन्छन्
म चुम्ने छु
तिम्रो साम्यवादलाई
पाउन
अनुशासन र धर्म
झरर्र बाल्नुपर्छ
नागार्जुनको आँगन
सरर्र फिँजिएर
सिञ्चित गर
बद्रीफूलका
बारीका पाटाहरूमा
खुलाऊ आँखाहरू
सुतिरहेका ज्यूँदा स्यालहरूको
ढकमक्क फुलेर
सुवास छर
म सुँघ्ने छु
क्रान्तिका पहरा छहराहरूमा
गुराँसझैं झुल्दै
आऊ फरक पत्र
मेरो इन्द्रचोकमा
अनुस्यूत गराएर
तुवाँलो च्यातेर
सुरिलो सल्लो भएर उठ
फरक पत्र
शिशिरको ठिहीलाई धक्का लगाएर
हृदयले पखाल्दै
वारुदका धुवाँहरू हुर्याउँदै
नरदेवीको आँचलमा बेरिन आऊ
खिया लागेका मालिकहरूको ठूलो ताप्के
फ्याल्दै
नेपाल भन्दै आऊ
धामीका डग्डगी चिरेर
फरक पत्र
आफ्ना धारणाहरू
सत्यहरूको झरी वर्षाउँदै
झिलमिल छ
सङ्गीनका वर्षाहरू
तिर्मिराएर नभागुन्
बेजोडले हल्लाउनुपर्छ
आँपका हाँगा मच्चाएझैं
बुट्टे घाँघरहरूमा
अक्षरका तोप लिएर आऊ
सौन्दर्यमय
आदर्शहरूको बागमा
निराश र विज्ञापनको ढुकुटी हैन
सास लिएर
अक्षरहरूको क्षेप्यास्त्र लिएर आऊ
मेरी कृष्णफूल
तिमीलाई स्वागत गरिरहेकी हुनेछिन्
नागार्जुनको बलेसीमा
म उत्सुक भएर
तिमीलाई भनिरहेछु
विचारको मोहकताको पोखरीमा
मलाई पौडिखेल्न देऊ
प्रिय फरक पत्र
बारुदको चर्को बास्ना
मलाई मन पर्छ
बाँदर जस्ता मालिकहरूलाई छल्दै
आँखिभौँ उखेल्दै आऊ
बोकोको गर्जनद्वारा
हाँक लिएर आऊ
सहर जस्तो आँगनमा
डबलीमा
पर्खिरहेको हुन्छु
गँजेडी गफाडीहरूका
कुराहरू नसुन
वेदको पानी पिएर
अक्षरहरूको अग्न्यास्त्र पड्काऊ
मेरो टुँडीखेलमा
प्रिय
फरक पत्र ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
ट्राफिक जाम

ट्राफिक जाम

डा. दामाेदर पुडासैनी किशाेर
मान्छे

मान्छे

साधुराम खड्का
मानदेखि भुक्तमानसम्म

मानदेखि भुक्तमानसम्म

डा. शरद परासर मरहट्टा
दाेभानमा भेट भएपछि

दाेभानमा भेट भएपछि

डा. विप्लव ढकाल
हस्तान्तरण

हस्तान्तरण

फित्काैली डटकम
एक डोको : सम्पती विवरण

एक डोको : सम्पती...

भाेज अर्याल
0
Would love your thoughts, please comment.x
()
x