साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोक्तकै ठोक्तक

Nepal Telecom ad

देवेन्द्र घिमिरे

ठिक्क खानेबेला अभागीहरू रिसाउँछन्,
बाठाहरू तिनकै भाग समेत पचाउँछन्,
आफ्नै हकहित नबुझ्ने अभागेहरू,
आँखा चिम्लन्छन् र पुर्पुरो समाउँछन् !

000
दिव्य गिरी

कसै कसैको सपना भने पूर्ण भो
कति कतिका घर भरिपूर्ण भो
शहीदहरू चिच्च्याई रहेछन्
हामीले बलिदान दिएको देश चूर्ण भो ।

000

चूडा निर्भीक

गाडी पाकिर्ङ देखियो महलमा, प्राडो पजेरो कतै
मान्छे फेरि देखिए सडकमा, नाङ्गै सुतेका कतै
खानाको अभावमा लसुनको, खोजी हुने भो कतै
हीरा औ सुनका हजार गहना, राखिन्छ टन्नै कतै ।

000

भवानी हुमागाई

तन दुखायो आज उस्ले मन दुखायो
फेरि अतीत कोट्याएर झन दुखायो
सांचेकै थे मुटुभित्र धुजा धुजा भएपनि
छुरी प्रहार गरी गरी जीवन दुखायो †

000

विनोद उदय

भन्नैपर्छ तिम्रो एउटा बानी खत्तम छ
खाएकै थालमा थुक्ने तिम्रो कहानी खत्तम छ
यहीबाट नाम, दाम, काम सबै पाएका छौ
तर सधै भन्ने गर्छौ राजधानी खत्तम छ !

000

हरिकृष्ण काफ्ले

नरम्पना कही छैन जता टेक्यो सारो मात्रै
शहर भन्नु यस्तै हो कि पानी छैन धारो मात्रै ?
हेर्न लाई त बजारमा झिलीमिली अनेकौं छन्,
लाभ लुट्छन ब्यापारीले, घुमन्तेलाई छारो मात्रै ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x