साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किस्सा खत्तम् ! देश खत्तम् !!

Nepal Telecom ad

मेरी नातिनी मेघा निरौलालाई कथा सुन्ने रहर आवश्यकताभन्दा केही बढी नै छ । एक दिन उसले साह्रै कच्कच् गरी– हजुर बुवा ! कथा भन्नुुस् न ! कथा भन्नुस् न !! कथा भन्नुस् न !!!
दिक्क भएर उसलाई अलमल्याउन भनी मैले एउटा पुरानु पुस्तकको पुरानै कथालाई नयाँ पारामा यसरी सुनाएँ :

अमरत्व प्राप्त गर्नका लागि देव र दानव दुवै मिली एटलान्टिक ओसन भने जस्तै, प्रजाटांट्रिक मोसनलाई मन्थन गर्न थाले । दिव्य तीस वर्षसम्म सो प्रजाटांट्रिक मोसनको मन्थन गरेपछि त्यहाँबाट उर्वशी, तिलोत्तमा रम्भा र मेनका जस्ता अप्सराहरुको साटो सुश्री कार्यकर्ताहरू उच्चैश्रवा घोडा र ऐरावत हात्तीको साटो पजेरो, अमृतको रुपमा स्कच व्हीस्की धन्वन्तरीको साटो डलर, हलाहल विषय भएर निस्केका नेताहरू इत्यादि थुप्रै अमूल्य जन्तुु र वस्तुहरु प्राप्त भए । दुवै थरिले हारालुछ गरे ।
यतिका वस्तु र जन्तु पाउँदा पनि उनीहरूलाई सन्तोष भएन । दुवैथरिले प्रजाटांट्रिक मोसनको मन्थन गर्न छाडेनन् ।

नातिनीले सोधी, “हजुर बुवा ! सबै थोक पाइसकेपछि पनि देव र दानवले किन मन्थन गरिरहेका त ?”

मैले भनें, “पार्टी अध्यक्ष, सांसद, मन्त्री आदि रुप धारण गरी बस्नका लागि आसन चाहिन्छ । हो … त्यै आसन, जसलाई अचेल कुर्सी भन्ने चलन छ, प्राप्त गर्नका लागि यो मन्थन चलिरहन्छ ! चलिरहन्छ !! चलिरहन्छ !!!

नातिनिले बल्ल कुरो बझे जस्तो गरेर भनी, ए ….!

मैले कथा टुङ्ग्याएँ– किस्सा खत्तम् ! देश खत्तम् !!

हाल, थानकोट काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
साँढेमाथि पाँडे

साँढेमाथि पाँडे

मुकुन्द आचार्य
दृष्टि र सृष्टि !

दृष्टि र सृष्टि !

मुकुन्द आचार्य
दुई झोलेले के के बोले ?

दुई झोलेले के के...

मुकुन्द आचार्य
पट्ठो बन्ने रहरमा

पट्ठो बन्ने रहरमा

मुकुन्द आचार्य
0
Would love your thoughts, please comment.x
()
x