साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाम खै ?

Nepal Telecom ad

आजसम्म मैले आफू भनेर कतै पनि परिचय पाउन सकेको छैन, कतै आफ्नो बाबुको नाममा, कतै आमाको नाममा, कतै मामाको नाममा कतै काम गर्ने अफिसको नाममा त कतैै काम गराउने हाकिमको नाममा । यसरी कतै पनि नाम नभएको मान्छेको परिचय बोकेर यता न उताको बनेर दौडिएको छु । आज यहाँ भोलि कतै हुुँला, तर नामको खोजीले म भौतारिएर हिँडेको छु । यता उता जता भए पनि म जस्ता कैयौँ डुकुलठ्ठकहरुको जमातमा म उस्तै र उही ड्याङ्को मूलाको रुपमा चाहिँ परिचित छु । कैल्यै पनि म कहिँकतै एक फरक खालको मान्छेको रुपमा चिनिएको छैन ।

हुन त मैले के नै पो त्यस्तो काम गरेको छु र नाम फरक सबैले सम्झिनु पर्ने गरी ? त्यसैले होला भनेर आफैंलाई सान्त्वना दिनलाई मन बुझाउने प्रयत्नमा छु । आजसम्म मलाई कसैले पनि म भनेर सम्झिएको थाहा छैन । म आफू कसैले सम्झिइने गरी काम के होला त गर्ने भनेर नझोक्राएको पनि होइन तर जति नै झोक्राए पनि कुनै उपायले दिमागमा एक झट्का हानेको चाहिँ छैन । त्यसैले अचेल त त्यस्ता कुरा सोच्न छोडिदिएको छु । नाम कमाउनलाई एक मात्र उपायको रुपमा दाम नै एक सर्वव्यापक र अनिवार्य सूत्र हो भन्ने कुरा पनि यस्तै नामकै खोेजीमा लाग्दा एक महोदयका मुखारबृन्दबाट सुनेको थिएँ । दाम कमाउने प्रकृयाको बारेमा त कसैले किन पो सुझाउँथे र ? तै पनि मैले भने तिनको पिछा नछोडी बसेर सिक्ने सम्मको प्रयास गरेकै हुँ ।

गल्लीका चोरदेखि पकेटमारसम्म, ठगदेखि डनसम्मका सबैलाई टोलका हरेक मान्छेले चिन्छन् तर आफ्नो भने कहिँकतै अनुहार देखाएर त के भन्नु आफैँलाई लगेर उभ्याउँदा समेत कसैले पहिचान नगर्ने अवस्था भएपछि चाहिँ मलाई विरक्तको अनुभूति हुन्छ । गुच्चाटोलदेखि फुच्चा टोलसम्म मरुदेखि डमरुसम्म चहार्दा पनि केही उपाय नलागेपछि म नाम र पहिचानको कुरोलाइ बाग्मतीमा बगाउने सङ्कल्प गर्दै सफा सुन्दर कान्तिपुर नगरीमा सडकमा निस्कन्छु, हरेक नाम भएका मान्छे सभ्य मान्छेहरू मात्र भएको अनुभूति हुन्छ मलाई । खोज्नलाई मेरो परिचय हराएको हो र ? गल्ली गल्ली दौडिरहूँ भन्ने ज्ञान भएपछि म आफ्नो नाम कमाउने अभीष्टलाई तिलाञ्जली दिएर यथास्थितिमै रमाउने निर्णय गर्ने पक्षमा मतदान गर्छु आफ्नै जनमतको घोषणामा । र, लाग्छु आफ्नै जिन्दगीको उही निरन्तरको बाटो जहाँ फेरि पहिचानको मात्र खोजी हुन्छ र यहाँ म आफैंलाई बिर्सिएर उही चलिरहेको परम्पराको निरन्तरतामा लाग्छु ।

आखिभुईँ– ८, संखुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x