साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बोराभित्रका जीवनहरू

Nepal Telecom ad

यो बोरा तानातानको कथा हो
भव्य उज्याला शहरहरू भित्रका
अँध्यारा गल्लीहरूको
अन्धा शहरका पखालहरू
तिनै पर्खालको फेदमा
लडिरहेछन् जीवनहरू
दिन ढलेपछिको कथा हो यो
पर्खालको फेद एक लस्करमा
ढल्छन् ती लाचार जीवनहरू
क्षत बिक्षत सम्हालेको
एउटा बोरा बोकेर
रात बढ्दै जान्छ
बोरा ओढ्ने निदाउँछ
छेउको जीवन पर्खी रहन्छ
जब साथी निदाएको थाहा पाउँछ
बिस्तारै आफूतिर बोरा तान्छ
अनि ऊ पनि निदाउँछ
अर्काे पुन पर्खिरहेको हुन्छ
फेरि ऊ पनि आँखा चिम्लन्छ
निन्द्रा क्रमश सरिरहेको हुन्छ
मानौं बोरा निदाउने यन्त्र बन्छ
महाजनको बार्दलीबाट
हेरिरहन्छ एउटा कुकुर
मखमली कम्बलभित्र गुट्मुटिएर
यी जीवनहरूको यो अनौठो दृश्य
हर शहरका गल्ली र पर्खालहरूमा
भौतारी रहेछन् यी फाटेका जीवहरू
जिस्क्याई रहेको भविष्य साथमा
एक कहालीलाग्दो रात बनेर
महिना बित्छ बर्ष बित्छ
महाजनको कुकुरको कम्बल फेरिन्छ
तर बोरा तानातान दोहोरी नै रहन्छ
बोरा निरन्तर सरिरहेको हुन्छ
जीवनहरू सुतिरहेका हुन्छन्
दुखी जीवनको मिठो सपना बनेर ।
हाल– जर्मनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
चन्दा

चन्दा

लिलाराज कार्की
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x