साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चन्दा

Nepal Telecom ad

स्वदेश विदेश हरेक नाममा उठाउँदैछन चन्दा  height=
हिसाब फर्स्योट गर्न नसकेर बन्दैछ घाँटीमा फन्दा {{read_more}}
बाढी पैरो आयो भूकम्प आयो चन्दा धेरै उठायो 
फर्केर कहिले हेर्नु भयो त त्यो पैसा दुखीले पायो

खोला र नाला बढेर आयो गाउँ बस्ति करायो 
भूकम्प, बाढी पीडितको चन्दा बाटोमै हरायो 
क्या राम्रो बस्ति आँखामै बस्ने पैरोले खनेछ 
चन्दा उठाउने घरजग्गा किन्ने ब्यापार नै बनेछ

दुखीको लागि भिक्षा दान माग्नु मानव धर्म हो 
मागेको भिक्षा दुखीलाई बाँड्नु माग्नेकै कर्म हो 
दुखीको नाम बेचेर चन्दा सोर बटुर पारेर 
पापको घैंटो भरिंदै जान्छ टारिन्न टारेर

हे वीर नेपाली कति दिन गर्छौ झुठको यो धन्दा 
दुख र जीलो गरेरै बाँच नउठाऊ यो चन्दा 
गोहीका आँसु झारेर किन नाटक गर्दछौ 
सच्चाई थाह हुनेछ एक दिन संकटमा पर्ने छौ ।
जर्मनी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नक्कली संसार

नक्कली संसार

लिलाराज कार्की
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x