साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नक्कली संसार

कुरा गर्छन् ठूला ठूला काम भएन फत्ते झुटो बोल्दै नाम कमाउन गर्छन् मरिहत्ते अधर्म झुट पापहरू बढ्‌दै जान्छन् जब हे भगवान् तिमी आफैं बचाउँ संसार अब ।

Nepal Telecom ad

लिलाराज कार्की :

हिमालको छोरा हुँ भनि कुरा ठूलै गर्ने
शिरमा टोपी लाउन पनि दिवस आउनु पर्ने
नारी जातलाई दासी पार्ने नयाँ चाल त हैन
चौबन्दी र फरियाँको किन कुरा छैन

अरूलाई भन्दा खेरि देउता छैन भन्छन्
त्यहि देउताको लुकीलुकी पूजापाठ गर्छन्
चरित्रमा कालो दली अनुहार देखाई रह्यो
यो नक्कली संसारसँग नसकिने भयो

अँध्यारोमा ढुङ्गा हान्छन् सोझालाई ढाँट्छन्
अर्कैको सिर्जनालाई मेरो भन्दै हिँडछन्
थाह पाउनेलाई लाजमर्दो नपाउने चाहिँ दङ्ग
आफ्नो जीवन पार्छ मान्छे आफैं भताभुङ्ग

प्रयोग गर्न प्यारो भन्दै गोहीका आँसु झार्छन्
मौका मिल्दा लात हान्छन् उसलाई एक्लै पार्छन्
तागत भएसम्म सबै आफ्ना हुँदा रहेछन्
नाता मित्र सकिए अब पैसा भयो पहिचान्

कुरा गर्छन् ठूला ठूला काम भएन फत्ते
झुटो बोल्दै नाम कमाउन गर्छन् मरिहत्ते
अधर्म झुट पापहरू बढ्‌दै जान्छन् जब
हे भगवान् तिमी आफैं बचाउँ संसार अब ।

०००
जर्मनी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चन्दा

चन्दा

लिलाराज कार्की
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x