साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘शैलीमा कविगोष्ठी सम्पन्न

Nepal Telecom ad

काठमाडौं, २०७४ माघ ६ । शैली साहित्य समाजमा कवि गोष्ठी सम्पन्न भएको छ । {{read_more}} मञ्जुश्री के.सी. प्रधान रानुको सभापतित्व, प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार  height=दामोदर पुडासैनी ‘किशोर’, विशिष्ट अतिथिमा प्रा. डा. विदुर चालिसे, अतिथिहरूमा साहित्यकारहरू त्रिभुवनचन्द्र वाग्ले, डा.सत्यराज थपलिया, डा. शेषराज आचार्य, वेदमणि घिमिरे, प्रेम राई परिक्षित, पिँडालु पण्डित, अच्युत घिमिरे, परशुराम पराशर, मेनका पोखरेल आचार्य, विपुल सिजापति, पवन बूढाथोकी, रामचन्द्र ढुङ्गाना, लगायतका थिए ।
 
करिव अर्ध सतक स्रष्टाहरूले रचना वाचन गरिएको कार्यक्रमको उद्घाटन सत्र सञ्चालन समाजका उपाध्यक्ष रामकुमार पण्डितले र बाँकी सचिव डा. प्रदीप मैनालीले गरे । रचना वाचन गर्ने स्रष्टाहरूमा माथि उल्लेखित लगायतस रमेश भट्टराई पुजारी, डिल्लीप्रसाद मूलतिहुन, निर्मल पराजुली, शिवराम खड्का, शान्ति शर्मा, भुवन शिवाकोटी चौघरे, ओम प्र. कोइराला, लुमन्ती चित्रकार, राजबाबु श्रेष्ठ, कल्पना काफ्ले, गोविन्द नेपाल, प्रकाश बस्नेत गफाडी, रामेश्वर जलन,टी. एन. भट्ट, देवकी ढुङ्गाना, कौशिला रिसाल, अञ्चल वान्तवा, ¥यापर पोइट, वासु ठकुरी, अशिम काभ्रेली,अर्बिन बजगाईँ, राजु कार्की, नारायण काइँलो, दिक्षा भण्डारी, धर्मानन्द भट्ट,अनिता यात्री, लक्ष्मी गिरी, प्रदीपरत्न शाक्य, प्रभात सुवेदी लगायतका थिए । वेदमणि घिमिरे, डा.शेषराज आचार्य, डा.सत्यराज थपलिया, त्रिभुवनचन्द्र वाग्लेले रचना वाचन सहित मन्तव्य दिएका थिए । 

विशिष्ट अतिथि डा. विदुर चालिसेले वाचित रचनाहरूको सङ्क्षिप्त समीक्षा सहित कविता वाचन गरे । प्रमुख अतिथि वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोरले शैली साहित्य समाजले आफ्नो छुट्टै तर विशिष्ट पहिचान कायम गरेको मन्तव्यमा बताए । अन्त्यमा सभापति मञ्जुश्री के.सी. प्रधानले उपस्थित सबैलाई धन्यवाद दिदैँ कविता वाचनसहित कार्यक्रम समापनको जानकारी गराइन् । कार्यक्रममा वरिष्ठ साहित्यकार दामोदर पुडासैनी किशोर नेपाल सरकारको सहसचिव पदमा बढुवा हुनुभएकोमा बधाई ज्ञापन गरिएको थियो भने अतिथि त्रिभुवनचन्द्र वाग्लेलाई जन्मदिनको शुभकामना व्यक्त गरिएको थियो । 

–प्रदीपकुमार मैनाली अशिम
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x