साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सपथ

Nepal Telecom ad

सवै थोक खानु भन्दा अगाडि height=
सपथ खानुपर्छ ।
सपथ खाइसके पछि
जे खाए पनि हुन्छ ।

बग्दै गरेका कोशी गण्डकी
तन्तनी खाए हुन्छ
चुरे चारकोसे पाहाड जङ्गल
सवै चपाए हुन्छ ।
एक लाइन भाषण गर्न
लाखौंको हेलिकप्टर उडाए हुन्छ
एक तुर्को रक्सी प्यून
सयौं मोटर गुडाए हुन्छ ।
हो हजुर !
यहाँ सपथ खाएपछि
जे खाए पनि हुन्छ ।

चोरलाई चौतारो र साधूलाई सूली हुने देशमा
सडकको अलकत्र
मिठो भान्सा बनाए हुन्छ ।
यहाँको पुलको पैसाले
छोरा छोरी बिदेश पढ्न पठाइ
आफूलाई आदर्श नेता जनाए हुन्छ ।
कर्मचारीको सलोट खाए हुन्छ
निर्माणको ढलोट खाए हुन्छ
तमोर कावेली , मादी मर्स्याङ्दी
सवै सवै खाए हुन्छ
यहाँ सपथ खाए पछि
जे खाए पनि हुन्छ ।

भ्रष्टाचारी शर्मा र बर्मालाई
न्यायको सफाई दिलाउन
नगदको लक्कुर खाए हुन्छ ।
सरकारी उद्योग धन्दा समाप्त पारि
स्वदेशी अर्थतन्त्रलाई
उँधै धपाए हुन्छ ।
आखिर तपाईंको पनि भविष्य
युरोप अमेरिका भएपछि
यो देशलाई च्याते हुन्छ , चपाए हुन्छ
किनकि
सपथ खाएपछि, जे खाए पनि हुन्छ ।

ज्वाईंलाई ठेकेदार
भान्जालाई भन्सार जिम्मा लाए हुन्छ
देशभक्तिको देखावटी गीत
सभा समारोहमा गाए हुन्छ ।
हो हजुर !
सवैभन्दा पहिला, सपथ खानुहोस्
सपथ खाएपछि
जे खाए पनि हुन्छ ।
गाैरादह, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
कृत्रिम बाैद्धिकता

कृत्रिम बाैद्धिकता

खगेन्द्र नेउपाने
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x